नेपाल बैंक लिमिटेडले आफ्नो २०५औ शाखा दैलेखमा स्थापना
वि.सं.२०७७ चैत ६ शुक्रवार १६:३८
2K
shares
काठमाडौं: नेपाल बैंक लिमिटेडले दैलेख जिल्ला नारायण नगरपालिका वडा नं.१ दैलेख बजारमा आफ्नो २०५औ शाखा स्थापना गरेको छ ।
बैंक सञ्चालक समिति अध्यक्ष मधुकुमार मरासिनी तथा नारायण नगरपालिका प्रमुख रत्न बहादुर खड्काले संयुक्त रुपमा चैत्र ४ गते बुधवार ताम्रपत्र अनावरण गरि शाखा समुद्घाटन गर्नु भएको हो ।
कार्यक्रमा मधुकुमार मरासिनीले दैलेख जिल्लामा सुलभ र सहज बैकिङ सेवा दिने गरि दैलेखबासीलाई समृद्ध बनाउन भुमिका खेल्ने धाराण राख्नु भयो । नगरप्रमुख रत्न बहादुर खड्काले विगतमा दैलेख जिल्लामा खोलिएको नेपाल बैंक लिमिटेडलाई दैलेखबासीले स्मरण गरिरहेको बताउनु भयो ।
यो पनि पढ्नुहोस् :
राष्ट्रिय वाणिज्य बैंक र संघीय संसद सचिवालयबीच सम्झौता
वि.सं.२०७७ चैत ६ शुक्रवार १६:३८


















