YouTube Link

नेपालगञ्जमा नेपालकै पहिलो नमूना पेट्रोल पम्प बनाउँदै नेपाल निगम, यस्ता हुनेछन् सुविधा

Facebook Link

काठमाडौं: नेपाल आयल निगमले बाँकेको नेपालगन्जस्थित रत्न राजमार्गमा ‘अटोमेसन’ सहितको अत्याधुनिक पेट्रोल पम्प निर्माण गर्न लागेको छ ।

नेपालगन्ज उपमहानगरपालिका आदर्श नगरस्थित निगमको ११ कठ्ठा जग्गामा अत्याधुनिक प्रविधिसहित नयाँ पम्प निर्माण गर्न लागिएको हो ।

पम्पको निर्माण भइरहेको निगमको नेपालगन्ज कार्यलयले जनाएको छ ।

करिब साढे तीन करोड लागतमा निर्माण हुन लागेको पम्प नेपालकै नमूना पम्पका रुपमा रहेको निगमले जनाएको छ । निगमले आफ्नै स्वामित्वको जग्गामा पहिलो पटक अटोमेशनसहित अत्याधुनिक पम्म निर्माण गर्न लागेको हो ।

पम्पमा दुई वटा डिजेल र ३ वटा पेट्रोलका ‘डिस्पेन्सिङ’ मेसिन राखिने छ । पम्पमा ओपनिङ स्कट, क्लोजिङ स्टक, बिक्री रेकर्ड, गुणस्तरको रेकर्ड कम्प्युटरबाटै हेर्न सकिने पनि निगमले जनाएको छ ।

पम्प सौर्य ऊर्जाबाट समेत सञ्चालन हुने निगमले जनाएको छ । पम्पभित्र एटिएम कार्डबाट भुक्तानी गर्न सकिने, अग्नि प्रतिरोधात्मक एलमिनियम कम्पोजिट मेटेरियलबाट दुई वटा छानो निर्माण गरिने छ ।

सुरक्षाको लागि अग्नि नियन्त्रणको लागि चार वटा ७० केजी र १० वटा १० केजी क्षमताको ड्राई केमिकल पाउडरसहितको अग्नि नियन्त्रण यन्त्र राखिने छ । पम्पमा अपाङ्गमैत्री शौचालय निर्माण गरिने छ ।

‘केमिकल फोम’ सहितको अत्याधुनिक पेट्रोल पम्प निर्माणको काम आगामी जेठ अन्तिमभित्र सम्पन्न हुनेछ ।

पेट्रोल पम्पको हाताभित्रै सवारी साधन मर्मतका लागि वर्कशप, कफीसप र अत्याधुनिक शौचालय समेत निर्माण गरिने डिपोले जनाएको छ । पम्प सञ्चालन व्यवस्थापन निगमका आफ्नै कर्मचारी समेत संलग्न हुने छन् ।

नेपालगञ्ज डिपोमा ३२ लाख लिटर पेट्रोल र ७५ लाख लिटर डिजेलको भण्डारण क्षमता छ । निगमले रुपन्देहीको भैरहवामा अत्याधुनिक प्रविधिसहितको नयाँ पम्प निर्माण गरी गत वर्षदेखि नै सञ्चालनमा आएको छ ।

योसँगै निगमको आफ्नै लगानीमा दुई वटा पम्प हुनेछ । निगमले अन्य ठाउँमा समेत आफ्नै पम्प सञ्चालन गर्ने तयारी गरेको छ ।

 

प्रतिनिधि सभाको दोस्रो बैठक आज बस्दै, सात वटा अध्यादेश पेस गर्ने कार्यसूची
एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज पुलिस र काठमाडौं मेयर-११ भिड्दै

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १४:२०

काठमाडौं: प्रहरी महानिरीक्षक देशको हुन्छ । अनुसन्धानमा रहेको कुनै व्यक्तिले...

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १३:०८

काठमाडौँ । पुराना राजनीतिक दलहरूले राज्यका निकायलाई दलिय भागबन्डा र...

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...