YouTube Link

इजी ट्याक्सी नेपाल एप र प्रभु इन्स्योरेन्सबीच सहकार्य

Facebook Link

काठमाडौं:  इजी ट्याक्सी नेपाल एप र प्रभु इन्स्योरेन्सबीच सहकार्य गर्ने समझदारी भएको छ । इजी ट्याक्सी नेपालका ट्याक्सीहरुलाई बीमा सेवा सुबिधा उपलब्ध गराउने विषयमा प्रभु इन्स्यारेन्ससँग सहकार्यको सम्झौता भएको हो ।

 

आइतबार प्रभु इन्स्यारेन्सको मुख्यालय तीनकुनेमा आयोजित एक कार्यक्रमका बिच इजी ट्याक्सी नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्जित पौडेल र प्रभु इन्स्योरेन्सको तर्फबाट सन्चित बज्राचार्यले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

 

समझदारी पत्रमा हस्ताक्षर गर्दै प्रभु इन्स्यारेन्सका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले इजी ट्याक्सी नेपालअन्तरगत ट्याक्सी सेवा संचालन गरिरहेका ट्याक्सीधनीलाई बीमा सुरक्षाको सम्पूर्ण सेवा उपलब्ध गराउन सहज हुने र दाबी भुक्तानीलाई सरलरुपमा फछ्र्यौट गरिने बताए ।

 

कार्यक्रममा कम्पनीहरुले आगामी दिनमा इजी ट्याक्सी नेपाल एपमार्फत संचालन भएका बीमा सेवा सुबिधाको लागि संयुक्त सचेतना र सुबिधाका कार्यक्रमहरु तयार पार्ने सहमति समेत गरेका छन् ।

 

इजी ट्याक्सी नेपालका प्रमुख कार्यकारी अधिकृत पौडेलले एपमा आधारित भएर सेवा दिईरहेका ट्याक्सी व्यवसायीहरुको बीमा सुबिधा सुनिश्चित गरिने र त्यसले इजी ट्याक्सी एपको सेवा बिस्तार हुने आशा व्यक्त गरे ।

 

इजी ट्याक्सी नेपालले नेपालमा मोबाइल एप तथा अनकल अनलाइन ट्याक्सी सेवा संचालन गर्दै विभिन्न योजनाहरु र अभियानमार्फत ट्याक्सी व्यवसायलाई थप मर्यादित र जिम्मेबार बनाउँदै डिजिटल मैत्री बनाईरहेको छ । जसले डिजिटल नेपालको अभियानलाई थप प्रबद्र्धन र सहयोग पुग्ने विश्वास गरिएको छ ।

यो पनि पढ्नुहोस् :

मनिषा कोइराला आइएमई लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बासडरमा नियुक्त

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

वि.सं.२०८३ असार ३२ बिहीवार १२:४९

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले कुल लक्ष्यको करिव...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

वि.सं.२०८३ असार २६ शुक्रवार १४:०५

काठमाडौं: नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आगामी ११ देखि १६...

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

वि.सं.२०८३ असार २३ मंगलवार १२:३७

काठमाडौं: बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त...

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...