नेप्से २५.२१ अंकले बढ्यो
वि.सं.२०७७ पुस १६ बिहीवार १५:५४
काठमाडौं: नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको अन्तिम दिन आज हरियाली छाएको छ ।
बुधबार बढेको बजार आज पनि दोहोरो अंकले बढेको हो ।
आज नेप्से २५.२१ अंकले बढेर दुई हजार ८७ दशमलब २७ विन्दुमा पुगेको छ भने ५ अर्ब ७० करोड ३४ लाख ६९ हजार ८३७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये एउटा समूह घटेको छ भने अन्य सबै समूह बढेका छन् ।
वि.सं.२०७७ पुस १६ बिहीवार १५:५४