YouTube Link

कुमारी बैंकको १४ प्रतिशत लाभांश पारित

Facebook Link

काठमाडौं:  कुमारी बैंकले मंसिर २९ गते २० औं वार्षिक साधारण सभा सम्पन्न गरी १० दशमलव ८५ प्रतिशत बोनस शेयर र कर समेत गरी ३ दशमलव १५ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको छ । कुमारी बैंकको १४ प्रतिशत लाभांश पारित भएको हो ।

 

साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर १५ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा मंसिर १४ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्नेछन् । सभाले बैंकले अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर तथा प्राप्ती गर्नका लागि आवश्यक सम्पूर्ण प्रकृया पुरा गर्न सञ्चालन समितिलाई अख्तियारी समेत प्रदान गरेको छ ।

 

कुमारी बैंकको हाल चुक्तापूँजी  १२ अर्ब ५२ करोड ४९ हजार रुपैयाँ रहेको छ । १० दशमलव ८५ प्रतिशत बोनस शेयर पश्चात यो पूँजी  १३ अर्ब ८७ करोड ८४ लाख ७४ हजार रुपैयाँ पुग्नेछ । बैंकले चालू आवको  पहिलो त्रैमासमा  ६० करोड २५ लाख ४३ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको पहिलो त्रैमासमा  ४० करोड १९ लाख ८८ हजार रुपैयाँ थियो ।

 

यस वर्ष कुमारी बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै नाफामा वृद्धि भएको हो । गत वर्ष  ५६ करोड ६२ लाख ९४ हजार रुपैयाँ सञ्चालन नाफा गरेको यस बैंकले यो वर्ष  ८६ करोड ५ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ । चालू आवको पहिलो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा २५ करोड ९१ लाख रुपैयाँ रहेको छ ।

 

बैंकको जगेडा कोषमा ३ अर्ब ५९ करोड ४३ लाख ३८ हजार रुपैयाँ र रिटेन्ड अर्निङमा १ अर्ब ६७ करोड ४ लाख २४ हजार रुपैयाँ छ । चालू आवको पहिलो त्रैमाससम्ममा बैंकले १ खर्ब १७ अर्ब २ करोड रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब १० अर्ब  ३२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको प्रतिशेयर आम्दानी १९ दशमलव २५ रुपैयाँ र प्रतिशेयर नेटवर्थ  १४२ दशमलव शून्य ५ रुपैयाँ रहेको छ ।

यो पनि पढ्नुहोस् :

https://www.akhabarnepal.com/%e0%a4%8f%e0%a4%a8%e0%a4%86%e0%a4%88%e0%a4%b8%e0%a5%80-%e0%a4%8f%e0%a4%b6%e0%a4%bf%e0%a4%af%e0%a4%be-%e0%a4%ac%e0%a5%88%e0%a4%82%e0%a4%95-%e0%a4%b0-%e0%a4%8f%e0%a4%a8%e0%a4%b8%e0%a5%80%e0%a4%8f/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

वि.सं.२०८३ साउन २६ मंगलवार १०:४९

काठमाडौं: नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा...

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...