YouTube Link

कुमारी बैंकको १४ प्रतिशत लाभांश पारित

World Cup 2026
Facebook Link

काठमाडौं:  कुमारी बैंकले मंसिर २९ गते २० औं वार्षिक साधारण सभा सम्पन्न गरी १० दशमलव ८५ प्रतिशत बोनस शेयर र कर समेत गरी ३ दशमलव १५ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको छ । कुमारी बैंकको १४ प्रतिशत लाभांश पारित भएको हो ।

 

साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर १५ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा मंसिर १४ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्नेछन् । सभाले बैंकले अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर तथा प्राप्ती गर्नका लागि आवश्यक सम्पूर्ण प्रकृया पुरा गर्न सञ्चालन समितिलाई अख्तियारी समेत प्रदान गरेको छ ।

 

कुमारी बैंकको हाल चुक्तापूँजी  १२ अर्ब ५२ करोड ४९ हजार रुपैयाँ रहेको छ । १० दशमलव ८५ प्रतिशत बोनस शेयर पश्चात यो पूँजी  १३ अर्ब ८७ करोड ८४ लाख ७४ हजार रुपैयाँ पुग्नेछ । बैंकले चालू आवको  पहिलो त्रैमासमा  ६० करोड २५ लाख ४३ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको पहिलो त्रैमासमा  ४० करोड १९ लाख ८८ हजार रुपैयाँ थियो ।

 

यस वर्ष कुमारी बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै नाफामा वृद्धि भएको हो । गत वर्ष  ५६ करोड ६२ लाख ९४ हजार रुपैयाँ सञ्चालन नाफा गरेको यस बैंकले यो वर्ष  ८६ करोड ५ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ । चालू आवको पहिलो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा २५ करोड ९१ लाख रुपैयाँ रहेको छ ।

 

बैंकको जगेडा कोषमा ३ अर्ब ५९ करोड ४३ लाख ३८ हजार रुपैयाँ र रिटेन्ड अर्निङमा १ अर्ब ६७ करोड ४ लाख २४ हजार रुपैयाँ छ । चालू आवको पहिलो त्रैमाससम्ममा बैंकले १ खर्ब १७ अर्ब २ करोड रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब १० अर्ब  ३२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको प्रतिशेयर आम्दानी १९ दशमलव २५ रुपैयाँ र प्रतिशेयर नेटवर्थ  १४२ दशमलव शून्य ५ रुपैयाँ रहेको छ ।

यो पनि पढ्नुहोस् :

https://www.akhabarnepal.com/%e0%a4%8f%e0%a4%a8%e0%a4%86%e0%a4%88%e0%a4%b8%e0%a5%80-%e0%a4%8f%e0%a4%b6%e0%a4%bf%e0%a4%af%e0%a4%be-%e0%a4%ac%e0%a5%88%e0%a4%82%e0%a4%95-%e0%a4%b0-%e0%a4%8f%e0%a4%a8%e0%a4%b8%e0%a5%80%e0%a4%8f/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

वि.सं.२०८२ चैत ४ बुधवार ११:१०

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म आइपुग्दा नेपालको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

वि.सं.२०८२ फागुन ११ सोमवार १५:४३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी चैतमा ग्लोबल मनी विक...

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:३६

काठमाडौं: नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लि. ले आफ्नो ३९औं बार्षिकोत्सव...