YouTube Link

गरुड बन्न खोजेका प्रचण्ड यसरी भए चील

Facebook Link

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अनेकौ लाञ्छाना लगाउने कोशिस गरेपनि त्यो बत्तीमुनिको अँधेरो हुँदै गएको छ ।

हिजो वालुवाटारमा प्रधानमन्त्री ओलीको सामु देखिएको प्रचण्डको मलिन अनुहारले नै त्यसको पुष्टि गर्दछ ।

प्रधानमन्त्री ओलीले हिजो बसेको सचिवालय वैठकलाई सम्बोधन गर्दै आफ्नो स्वीकृति विना वैठक सञ्चालन गर्न नसक्ने भनेपछि प्रचण्डले सचिवालय बैठकलाई सम्बोधन गर्दै आफूमाथि थोपरिएको अभियोग पत्रको जवाफ दिने समय माग गरेपछि पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओलीलाई जवाफ दिनको लागि १० दिने समय दिईएको थियो ।

प्रधानमन्त्री ओलीले बैठकलाई सम्बोधन गर्दै आफूमाथि जबरजस्त लादिएको अभियोग, लाञ्छना, तिरस्कार र अपमानको खारेज गर्छु मात्र भनेन् उनले आफूलाई त्यस्तो अभयोग लगाउनेहरुको पानीचित्र सम्झिएको पनि बताए ।

यसरी आफ्नो मन्तव्य राख्दै आफूमाथि यस्तो घटना जीवनमा पहिलोपटक घटेको बताए । आफूमाथि घटेको यो पहिलो घटनाको डटेर सामना गर्ने पनि प्रधानमन्त्री ओलीले बैठकमा मत राखे ।

प्रधानमन्त्री ओली कडा रुपमा प्रस्तुत भएपछि कार्यकारी अध्यक्ष प्रचण्डले केही आपत्ति जनाउन सकेनन् ।

अध्यक्ष एवम् प्रधानमन्त्री ओलीको सामु प्रचण्डले केही गर्न नसकेको त यो भन्दा अगाडीका विभिन्न घटनाक्रमले नै देखाउँछ ।

झापाली कुमाइलाई नसकिने रैछ भन्दै प्रचण्डले आफ्ना निकटतमसँग दुखेसो पोख्ने गरेको कुरा बाहिर आईसकेको छ ।

त्यसैले आम जनताले भन्ने गरेका छन् कि ओली हुञ्जेल प्रचण्डको केही चल्दैन नेकपामा भनेर । हुन पनि अहिले नेकपामा ओली हावी भने छन् ।

उनको निर्णय र सहमति विना केही हुनेवाला छैन नेकपामा । ओलीलाई गलाउनको लागि अनेक प्रपञ्च रचे पनि त्यसले खासै प्रभाव पारेको छैन ।

प्रचण्डलाई साथ दिने अरु चार भाईले पनि खासै निर्णायक मत प्रकट गर्न सकेका छैनन् ।

किनभने प्रधानमन्त्री ओलीले आफूलाई पेल्न खोज्ने जोकोहीलाई तह लगाउने गरेका छन् ।

हिजो बुधबार बिहानसम्मको दृष्यले नेकपामा एकाएक राजनीतिक सरगर्मी बढाएको थियो ।

जसका कारण नेकपा फुट्ने हो कि भन्ने हल्ला पनि आएको थियो ।

तर त्यसलाई प्रधानमन्त्री ओलीले संयमता अपनाए ।

उनलाई पार्टी महासचिव एवम् अर्थमन्त्री विष्णु पौडेल र उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्झाएका थिए ।

अर्का अध्यक्ष प्रचण्डलाई पूर्व माओवादी खेमाका नेताहरुले सम्झाएका थिए ।

त्यस्तै वरिष्ठ नेता नेपाललाई उनी निकट दुई मन्त्री योगश भट्टराई र घनश्याम भूषालले सम्झाएका थिए ।

त्यसैकारण पनि नेकपाको संभावित हुनसक्ने फुटको खतरा टरेको थियो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

हेर्नुहोस् आज २०८३ साउन ७ गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८३ साउन ७ गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८३ साउन ७ बिहीवार ०७:२९

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

गत आर्थिक वर्षमा अन्नपूर्ण क्षेत्रमा १६९ देशका पर्यटकले गरे भ्रमण

गत आर्थिक वर्षमा अन्नपूर्ण क्षेत्रमा १६९ देशका पर्यटकले गरे भ्रमण

वि.सं.२०८३ साउन ५ मंगलवार १२:०६

गण्डकी: गत आर्थिक वर्षमा १६९ देशका पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रमा...