Rajshow Bivag

गरुड बन्न खोजेका प्रचण्ड यसरी भए चील

Departmant of helth services

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अनेकौ लाञ्छाना लगाउने कोशिस गरेपनि त्यो बत्तीमुनिको अँधेरो हुँदै गएको छ ।

हिजो वालुवाटारमा प्रधानमन्त्री ओलीको सामु देखिएको प्रचण्डको मलिन अनुहारले नै त्यसको पुष्टि गर्दछ ।

प्रधानमन्त्री ओलीले हिजो बसेको सचिवालय वैठकलाई सम्बोधन गर्दै आफ्नो स्वीकृति विना वैठक सञ्चालन गर्न नसक्ने भनेपछि प्रचण्डले सचिवालय बैठकलाई सम्बोधन गर्दै आफूमाथि थोपरिएको अभियोग पत्रको जवाफ दिने समय माग गरेपछि पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओलीलाई जवाफ दिनको लागि १० दिने समय दिईएको थियो ।

प्रधानमन्त्री ओलीले बैठकलाई सम्बोधन गर्दै आफूमाथि जबरजस्त लादिएको अभियोग, लाञ्छना, तिरस्कार र अपमानको खारेज गर्छु मात्र भनेन् उनले आफूलाई त्यस्तो अभयोग लगाउनेहरुको पानीचित्र सम्झिएको पनि बताए ।

यसरी आफ्नो मन्तव्य राख्दै आफूमाथि यस्तो घटना जीवनमा पहिलोपटक घटेको बताए । आफूमाथि घटेको यो पहिलो घटनाको डटेर सामना गर्ने पनि प्रधानमन्त्री ओलीले बैठकमा मत राखे ।

प्रधानमन्त्री ओली कडा रुपमा प्रस्तुत भएपछि कार्यकारी अध्यक्ष प्रचण्डले केही आपत्ति जनाउन सकेनन् ।

अध्यक्ष एवम् प्रधानमन्त्री ओलीको सामु प्रचण्डले केही गर्न नसकेको त यो भन्दा अगाडीका विभिन्न घटनाक्रमले नै देखाउँछ ।

झापाली कुमाइलाई नसकिने रैछ भन्दै प्रचण्डले आफ्ना निकटतमसँग दुखेसो पोख्ने गरेको कुरा बाहिर आईसकेको छ ।

त्यसैले आम जनताले भन्ने गरेका छन् कि ओली हुञ्जेल प्रचण्डको केही चल्दैन नेकपामा भनेर । हुन पनि अहिले नेकपामा ओली हावी भने छन् ।

उनको निर्णय र सहमति विना केही हुनेवाला छैन नेकपामा । ओलीलाई गलाउनको लागि अनेक प्रपञ्च रचे पनि त्यसले खासै प्रभाव पारेको छैन ।

प्रचण्डलाई साथ दिने अरु चार भाईले पनि खासै निर्णायक मत प्रकट गर्न सकेका छैनन् ।

किनभने प्रधानमन्त्री ओलीले आफूलाई पेल्न खोज्ने जोकोहीलाई तह लगाउने गरेका छन् ।

हिजो बुधबार बिहानसम्मको दृष्यले नेकपामा एकाएक राजनीतिक सरगर्मी बढाएको थियो ।

जसका कारण नेकपा फुट्ने हो कि भन्ने हल्ला पनि आएको थियो ।

तर त्यसलाई प्रधानमन्त्री ओलीले संयमता अपनाए ।

उनलाई पार्टी महासचिव एवम् अर्थमन्त्री विष्णु पौडेल र उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्झाएका थिए ।

अर्का अध्यक्ष प्रचण्डलाई पूर्व माओवादी खेमाका नेताहरुले सम्झाएका थिए ।

त्यस्तै वरिष्ठ नेता नेपाललाई उनी निकट दुई मन्त्री योगश भट्टराई र घनश्याम भूषालले सम्झाएका थिए ।

त्यसैकारण पनि नेकपाको संभावित हुनसक्ने फुटको खतरा टरेको थियो ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
रामेछाप-काठमाडौं पत्रकार समाजद्वारा ‘भ्रामक सूचना र तथ्य जाँच’ सम्बन्धि एक दिने पत्रकारिता प्रशिक्षण सम्पन्न

रामेछाप-काठमाडौं पत्रकार समाजद्वारा ‘भ्रामक सूचना र तथ्य जाँच’ सम्बन्धि एक दिने पत्रकारिता प्रशिक्षण सम्पन्न

वि.सं.२०८१ वैशाख २२ शनिवार २२:०८

  काठमाडौं: रामेछाप-काठमाडौं पत्रकार समाजले एक दिने पत्रकारिता प्रशिक्षण कार्यक्रम...

हेर्नुहोस् आज २०८१ बैशाख २१ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख २१ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४४

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन सुरु, इतिहासले सम्झिने गरी कैयन् साहसिक र जनपक्षीय कामहरू भएका छन्: प्रधानमन्त्री प्रचण्ड

नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन सुरु, इतिहासले सम्झिने गरी कैयन् साहसिक र जनपक्षीय कामहरू भएका छन्: प्रधानमन्त्री प्रचण्ड

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:०१

  काठमाडौं: नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन काठमाडौंको राष्ट्रिय सभागृहमा...

आज ३१औँ  विश्व प्रेस स्वतन्त्रता दिवस, विविध कार्यक्रम गरी मनाईदै

आज ३१औँ  विश्व प्रेस स्वतन्त्रता दिवस, विविध कार्यक्रम गरी मनाईदै

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:५६

  काठमाडौं: आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि...

हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख २० बिहीवार ०५:२४

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:५२

  काठमाडौं: टी-२० सिरिजको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’...