एनआईसी एशिया बैंकको खुद नाफा १ अर्ब २ करोड रुपैयाँ
वि.सं.२०७७ कात्तिक २८ शुक्रवार १६:१५
1.8K
shares
काठमाडौं: एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १ अर्ब २ करोड रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको तुलनामा १ करोड १४ लाख रुपैयाँ बढी हो । गत आर्थिक वर्षको सोही अवधि अर्थात असोज मसान्तमा बैंकले १ अर्ब ९६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंकको वितरण योग्य मुनाफा ४ करोड ६६ लाख रुपैयाँ रहेको छ । खुद ब्याज आम्दानी बढेर १ अर्ब ९८ करोड रुपैयाँ र सञ्चालन मुनाफा बढेर १ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । ९ अर्ब ७१ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ६ अर्ब ६९ करोड रुपैयाँ सञ्चित रहेको छ । जुन गत आवको तुलनामा बढी हो । गत आवको अन्त्यसम्ममा बैंकको जगेडा कोषमा ५ अर्ब ५४ करोड रुपैयाँ सञ्चित थियो ।
त्यस्तै, एनआईसी एशिया को निक्षेप संकलन बढेर २ खर्ब ३१ अर्ब रुपैयाँ र कर्जा लगानी बढेर १ खर्ब ८९ अर्ब रुपैयाँ पुगेको छ । बैंकको निष्क्रिय कर्जा घटेर ०.४० प्रतिशतमा झरेको छ । त्यस्तै, आधार दर घटेर ६.५० प्रतिशत र स्प्रेड दर ४.३९ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी बढेर ४२.१४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १८९.७१ रुपैयाँ र मूल्य आम्दानी अनुपात १३.७२ गुणा रहेको छ ।
यो पनि पढ्नुहोला: https://www.akhabarnepal.com/2020/11/19083/
वि.सं.२०७७ कात्तिक २८ शुक्रवार १६:१५



















