प्रभु बैंकबाट क्यूआर कोड स्क्यान गरी नगद झिक्न मिल्ने
वि.सं.२०७७ कात्तिक २७ बिहीवार १७:५२
1.6K
shares
काठमाडौं: प्रभु बैंक लिमिटेडले मोवाईल बैंकिङ् प्रयोगकर्ताहरुलाई लक्षित गर्दै क्यूआर कोड स्क्यान गरी प्रभु बैंकबाट नगद झिक्न मिल्ने नयाँ सेवा सञ्चालनमा ल्याएको छ । यो सेवा अन्य बैंकका मोवाइल बैंकिङ् प्रयोगकर्ताहरुले समेत उपभोग गर्न सक्ने बैंकले जनाएको छ ।
यो नेपाली बैंकिङ् इतिहासमा नबिनतम् प्रयोग गरेको बैंकले जनाएको छ । यो सेवा बैंकका सम्पूर्ण शाखा कार्यालयहरुका नगद काउण्टरहरुबाट सहजरुपमा उपलब्ध हुनेछ । यसबाट नगद झिक्न चेक तथा एटिएम कार्ड बोक्ने झण्झटबाट ग्राहकहरु मुक्त हुने बैंकले जनाएको छ ।
प्रभु बैंकले सञ्चालनमा ल्याएको यस नबिनतम् सेवाबाट ग्राहक वर्गले पर्याप्त लाभ उठाउनु हुने विश्वास लिएको छ ।
यो पनि पढ्नुहोस् : https://www.akhabarnepal.com/2020/11/19025/
वि.सं.२०७७ कात्तिक २७ बिहीवार १७:५२



















