लुम्बिनी विकास बैंकले कमायो ११ करोड १७ लाख रुपैयाँ खुद नाफा
वि.सं.२०७७ कात्तिक २१ शुक्रवार १०:५१
1.3K
shares
काठमडौं: लुम्बिनी विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ११ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।बैकले अघिल्लो बर्षको तुलनामा १५ दशमलव ४५ प्रतिशतले बढी नाफा आर्जन गर्न सफल भएको हो ।
यस अवधिसम्ममा बैंकको वितरण योग्य नाफा २ करोड ११ लाख रुपैयाँ रहेको छ । बैंकको खुद ब्याज आम्दानी भने २३ प्रतिशतले घटेर २४ करोड ९५ लाख रुपैयाँमा कायम भएको छ।
अघिल्लो वर्षको सोहि अवधिमा बैंकले ९ करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।अघिल्लो वर्षको सोहि अवधिमा बैंकले ३० करोड ६९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
बैंकले सञ्चालन नाफा भने १५ दशमदव ३४ प्रतिशत ले बढाएर १५ करोड ९६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले १३ करोड ८४ लाख रुपैयाँ संचालन नाफा आर्जन गरेको थियो ।बैंकको हालको चुक्ता पुँजी २ अर्ब ७१ करोड रुपैयाँ रहेको यसको रिजर्भ कोषमा १ अर्ब ४४ करोड रुपैयाँ छ ।
बैंकको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ४५ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १६० रुपैयाँ ९८ पैसा छ ।
वि.सं.२०७७ कात्तिक २१ शुक्रवार १०:५१



















