तिनाउँ मिसन डेभलपमेण्ट बैंकको साधारण सभा आव्हान
वि.सं.२०७७ कात्तिक १८ मंगलवार १३:१६
1.7K
shares
काठमाडौं: तिनाउँ मिसन डेभलपमेण्ट बैंकले मंसिर ७ गते विशेष साधारण सभा आव्हान गरेको छ । कम्पनीले केन्द्रिय कार्यालय, बुटवल, रुपन्देहीमा दिउसो १ बजे भर्चुअल माध्यमबाट सभा गर्न लागेको हो ।
कम्पनीको संस्थापक शेयर सर्वसाधारणमा परिणत भई आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट वितरण गरिएको १२ प्रतिशत बोनस पश्चात र साविकको नेपाल कम्यूनिटि डेभलपमेण्ट बैंकलाई प्राप्ती पछि संस्थापकतर्फ ६३ दशमलव ३३ प्रतिशत र सर्वसाधारण तर्फ ३६ दशमलव ६७ प्रतिशत शेयर स्वामित्व कायम भएको छ ।
नेपाल राष्ट्र बैंकले शेयर संरचना परिवर्तन गर्न निर्देशन दिएकाले प्रबन्धपत्र संसोधनको प्रस्ताव पारित गर्न कम्पनीले विशेष साधारण सभा बोलाएको हो । विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले कात्तिक २६ गते एक दिन बुक क्लोज गर्ने बताएको छ ।
वि.सं.२०७७ कात्तिक १८ मंगलवार १३:१६




















