एभरेष्ट बैंकका ग्राहकहरुलाई नम्बर अपडेट गर्न आग्रह
वि.सं.२०७७ कात्तिक १५ शनिवार १५:०३
1.6K
shares
काठमाडौं: एभरेष्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि नम्बर अपडेट गर्न सूचना प्रकाशन गरेको छ ।
बैंकमा रजिस्टर गरेको मोबाइल नम्बर एक वर्षयता प्रयोग गरिएको छैन भने तुरुन्तै बैंकमा जानकारी गराई आफूले प्रयोग गरिरहको नम्बर अपडेट गर्न सम्पूर्ण ग्राहकहरूलाई अनुरोध गरेको हो ।
दूरसञ्चार सेवा प्रदायकहरूले एक वर्षसम्म प्रयोगमा नआएका सिम कार्डहरू पुनर्जारी गरी अन्य प्रयोगकर्ताहरूलाई हस्तान्तरण गर्ने प्रावधान ल्याएको बताउँदै बैंकले ग्राहकहरूलाई नम्बर अपडेट गर्न अनुरोध गरेको हो ।
वि.सं.२०७७ कात्तिक १५ शनिवार १५:०३



















