नबिल बैंकका नव नियुक्त अध्यक्षले गरे शपथ ग्रहण
वि.सं.२०७७ कात्तिक ५ बुधवार १७:२०
1.3K
shares
काठमाडौं: नबिल बैंकका नव नियुक्त अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले शपथ ग्रहण गर्नु भएको छ । आज आयोजित एक भर्चुअल समारोह बीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नव नियुक्त अध्यक्ष पौड्याललाई शपथ ग्रहण गराउनु भयो ।
शपथ ग्रहण समारोहमा नेपाल राष्ट्र बैंक तथा नबिल बैंकका उच्चपदस्थ कर्मचारीहरुको भर्चुअल उपस्थिति थियो । २०७४ मंसिर १५ गतेदेखि सञ्चालकको रूपमा नबिल बैंकमा प्रवेश गरेका पौड्याल आश्विन २० गते बैंक सञ्चालक समितिको अध्यक्षमा नियुक्त हुनु भएको हो ।
वि.सं.२०७७ कात्तिक ५ बुधवार १७:२०




















