YouTube Link

नेपाल इन्भेष्टमेण्ट बैंक र सिटी एक्सप्रेसले विशेष साधारण सभा आव्हान

World Cup 2026
Facebook Link

काठमाडौं: नेपाल इन्भेष्टमेण्ट बैंक र सिटी एक्सप्रेस फाइनान्सले प्राप्ती प्रस्ताव पारित गर्न असोज २८ गते विशेष साधारण सभा आव्हान गरेका छन् ।

नेपाल इन्भेष्टमेण्ट बैंकले रजिष्टर्डको कार्यालय दरबारमार्ग, काठमाडौं र सिटी एक्सप्रेसले केन्द्रिय कार्यालय दरबारमार्ग, काठमाडौंमा सभा आव्हान गरेका हुन ।

सभा विहान १० बजेदेखि सुरु हुनेछ । सभामा भाग लिन चाहने लगानीकर्ताहरुलाई जुम मिटिङ आइडी र पासवर्ड उपलब्ध गराउने दुबै कम्पनीहरुले जानकारी दिएका छन् ।

नेपाल इन्भेष्टमेण्ट बैंकले विशेष साधारण सभा मार्फत सिटी एक्सप्रेस फाइनान्स कम्पनीलाई प्राप्ती गर्न चल अचल सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदन तथा अन्य सम्बद्ध व्यवस्था समेतको आधारमा निर्धारण गरिएको शेयर मूल्य पारित गरी अन्तिम स्वीकृति दिनेछ ।

नेपाल इन्भेष्टमेण्ट बैंकले सिटी एक्सप्रेस फाइनान्सलाई १००ः३० अनुपात अर्थात सिटी एक्सप्रेसको १०० कित्ता शेयर बराबर आफ्नो ३० कित्ता शेयर आदानप्रदान गर्ने गरी प्राप्ती गर्न लागेको हो । यी दुई कम्पनीविच प्राप्ती सम्बन्धी सम्झौता भदौ १७ गते भएको थियो ।

दुवै कम्पनीको विशेष साधारण सभाले अन्तिम सम्झौतालाई समेत अनुमोदन गर्नेछ । प्राप्ती पश्चात नेपाल इन्भेष्टमेण्ट बैंकको जारी तथा चुक्तापूँजी बृद्धि हुने तथा शेयर स्वामित्व पनि फेरबदल हुने हुदाँ सोहि बमोजिम बैंकको प्रबन्धपत्र संशोधनको प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

प्राप्ती प्रयोजनका लागि सिटी एक्सप्रेसको शेयर कारोबार गत पुस २८ गतेदेखि रोक्का रहेको छ । यस आधारमा पुस २७ गतेसम्म कारोबार भई नियमानुसार नामसारी भई शेयरधनी दर्ता किताबमा कायम रहेका शेयरधनीहरु मात्र सिटी एक्सप्रेसको विशेष साधारण सभामा भाग लिन पाउनेछन् ।

त्यस्तै नेपाल इनभेष्टमेण्ट बैंकले असोज १६ गतेदेखि सभा प्रयोजनका लागि बुक क्लोज गर्ने हुदाँ बुक क्लोज भन्दा अघिल्लो कारोबार दिन कारोबार भएका शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

वि.सं.२०८२ चैत ४ बुधवार ११:१०

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म आइपुग्दा नेपालको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

वि.सं.२०८२ फागुन ११ सोमवार १५:४३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी चैतमा ग्लोबल मनी विक...

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:३६

काठमाडौं: नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लि. ले आफ्नो ३९औं बार्षिकोत्सव...