सिन्धु विकास बैंकद्वारा ठोकर्पामा २३ औं शाखा स्थापना
वि.सं.२०७७ असोज ५ सोमवार १३:४४
2.6K
shares
काठमाण्डौं: सिन्धु विकास बैंक लिमिटेडले सिन्धुपाल्चोक जिल्लाको पहिलो विकास बैंकको रुपमा सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिकास्थित ठोकर्पामा २३ औं शाखा स्थापना गरेको छ ।
सिन्धु विकास बैंकले स्थानीय निकासँग समन्वय गरी स्थानिय जनताहरुलाई सहज रुपमा बैंकिङ्ग सेवा दिने उद्धेश्यले शाखा स्थापना गरेको जनाएको छ ।
बैंकले प्रधान कार्यालय बाह्रविसे तथा बनेपामा कर्पोरेट तथा शाखा कार्यालय सहित मेलम्ची, खाँडीचौर, दोलालघाट, मुडे, भकुण्डे, पाँचखाल, चरिकोट, चौतारा, सिपाघाट, सिङ्गटी, जलबिरे, पनौती, टाँडी, पर्सा, पालुङ्ग, विकासचोक, लाहुरेचोक, चनौलि, नारायणगढ, हेटौडा र ठोकर्पा गरी कुल २३ शाखा तथा सुकुटे र सिलढुङ्गामा सिमित बैंकिङ्ग ईकाई कार्यालय सहित हाल २५ स्थानबाट वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।
वि.सं.२०७७ असोज ५ सोमवार १३:४४



















