बैंक अफ काठमाण्डूकाे लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन
वि.सं.२०७७ असोज ४ आइतवार ११:४९
1.3K
shares
काठमाडौं: बैंक अफ काठमाण्डू लिमिटेडले भाद्र १ गतेबाट लिलामी मार्फत बिक्री खुल्ला गरेको संस्थापक समूहको शेयर भर्ने आज अन्तिम दिन रहेको छ ।
बैंकले राष्ट्र बैंकद्वारा जारी निर्देशन तथा धितोपत्र दर्ता तथा निष्काशन (तेस्रो संशोधन) नियमावली २०७६ मा भएको व्यवस्था अनुसार संस्थापक समूहको ३ लाख १६ हजार १ सय ५६ कित्ता शेयर लिलामी मार्फत बिक्री खुल्ला गरेको हो ।
उक्त लिलामी शेयरमा खरिद गर्न इच्छुक संस्थापक शेयरधनी लगायत अन्य व्यक्ति तथा संगठित संस्थाले आजसम्म मात्र आवेदन दिन सक्नेछन् । शेयरको न्यूनतम मूल्य प्रतिशेयर १४० रूपैयाँ तोकिएको छ । शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
त्यसैगरी, लगानीकर्ताले बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ता वा सो भन्दा बढीको लागि १० अंकको गुणामा नेपाल राष्ट्र बैंकले तोकेको प्रति व्याक्ति संस्था सीमाको अधिनमा रहने गरी अधिकतम ३ लाख १६ हजार १ सय ५६ कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
लिलामी शेयरमा प्राप्त शिलबन्दी बोलपत्रहरु भोलि (असोज ५ गते, सोमबार) १०:३० बजे बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालयमा खुल्ने बैंकले जनाएकाे छ ।
वि.सं.२०७७ असोज ४ आइतवार ११:४९




















