YouTube Link

नेपाल उद्योग वाणिज्य महासंघ साधारणसभाका तीन वटा विकल्प

Facebook Link

काठमाडौ: नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभाका लागि तीन वटा विकल्प दिइएको छ । साधारणसभा र निर्वाचनको मोडालिटी तय गर्न गठित समितिले तीन विकल्प दिएको छ ।

प्रतिवेदनमा वार्षिक साधारण सभाको उद्घाटन, बन्दसत्र र समापन कार्यक्रम भर्चुअल जुममार्फत गर्न सुझाव दिइएको छ।  प्रतिवेदन सोमबार अध्यक्ष भवानी राणालाई हस्तान्तरण गरिएको छ।

पहिलो विकल्पमा जिल्ला-नगर, वस्तुगत, द्विर्राष्ट्रिय, एसोसिएटको प्रत्यक्ष काठमाडौंमा निर्वाचन गर्ने सुझाव दिइएको छ।

दोस्रो जिल्ला-नगर क्षेत्रको सम्बन्धित प्रदेशमा र वस्तुगत, एसोसिएटको काठमाडौंमा गर्ने विकल्प दिइएको छ ।

तेस्रो कम्प्युटराइज्ड भोटिङमार्फत गर्न सुझाव दिइएको छ। समितिले कोरोना संक्रमणको अवस्था हेरेर निर्वाचनको तीन वटा मोडालिटी दिएको हो ।

समितिले स्वास्थ्य सम्बन्धी विज्ञ र उच्चस्तरीय संकट व्यवस्थापन केन्द्रसँगको सल्लाहमा प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको थियो।

उक्त सुझावलाई कार्यसमिति बैठकमा छलफल गरेर एउटा विकल्प कार्यान्वयनमा ल्याएर साधारणसभा गर्ने जनाएको छ।

उक्त समितिमा जिल्ला/नगर उद्योग वाणिज्य संघ क्षेत्रबाट अरूणराज सुमार्गी र डीबी बस्नेत, वस्तुगत क्षेत्रबाट विनोद ढकाल र सुनिलगोपाल श्रेष्ठ र एसोसिएट क्षेत्रबाट भरतराज आचार्य र रंजितराज आचार्यको सहभागि थिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

वि.सं.२०८३ असार ३२ बिहीवार १२:४९

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले कुल लक्ष्यको करिव...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

वि.सं.२०८३ असार २६ शुक्रवार १४:०५

काठमाडौं: नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आगामी ११ देखि १६...

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

वि.सं.२०८३ असार २३ मंगलवार १२:३७

काठमाडौं: बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त...

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...