YouTube Link

एनएमबी बैंकको वित्तीय विवरण सार्वजनिक

Facebook Link

काठमाडौं: एनएमबी बैंकले गत आर्थिक वर्षमा २ अर्ब २७ करोड छ लाख ७० हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।

बैंकले गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै बैंकमा कूल निक्षेप १ खर्ब ३१ अर्ब ६६ करोड ३ लाख ६८ हजार रुपैयाँ जम्मा गरेको छ ।

चुक्ता पुँजि १३ अर्ब ९५ करोड रहेको बैंकले पुँजि तथा निक्षेप परिचालन गरी सो नाफा आर्जन गरेको हो । बैंकको वितरण योग्य नाफा भने एक अर्ब ४२ करोड रुपैयाँ छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा १५ करोड रुपैयाँले वितरणयोग्य नाफा बृद्धि भएको हो । बैंकले १ खर्ब १५ अर्ब ७० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

अघिल्लो आवसँग तुलना गर्दा बैंकको निक्षेप ३४.५० प्रतिशत र कर्जा ३०.७६ प्रतिशत बढेको तथ्याङ्कले देखाएको छ ।

गत आवमा बैंकको खराब कर्जा ०.८२ प्रतिशतबाट बृद्धि भई २.६८ प्रतिशतमा पुगेको छ । बैंकको जगेडा कोषमा ५ अर्ब ८३ करोड रुपैयाँ रहेको छ भने शेयरधनी कोषमा ९६ करोड ४० लाख रुपैयाँ छ ।

बैंकको वार्षिक प्रतिशेयर आम्दानी १६ रुपैयाँ ७३ पैसा, प्रतिशेयर नेटवर्थ १४९ रुपैयाँ ५७ पैसा, मूल्य आम्दानी अनुपात २३.२७ गुणा रहेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
हेर्नुहोस् आज २०८३ साउन ७ गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८३ साउन ७ गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८३ साउन ७ बिहीवार ०७:२९

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

वि.सं.२०८३ असार ३२ बिहीवार १२:४९

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले कुल लक्ष्यको करिव...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

वि.सं.२०८३ असार २६ शुक्रवार १४:०५

काठमाडौं: नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आगामी ११ देखि १६...

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

वि.सं.२०८३ असार २३ मंगलवार १२:३७

काठमाडौं: बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त...

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...