ज्योति विकास बैंक लिमिटेड र राष्ट्रिय आविष्कार केन्द्रबिच सहकार्य
वि.सं.२०७७ साउन २८ बुधवार १४:०७
1.4K
shares
काठमाडौं: ज्योति विकास बैंक लिमिटेड र डा. महाविर पुनद्वारा प्रवर्द्धित राष्ट्रिय आविष्कार केन्द्रबिच सहकार्य गर्ने सम्झौता भएको छ ।
बैंकले आफ्नो १२ औं वार्षिकोत्सवको अवसरमा डा. महाविर पुनद्वारा प्रवर्द्धित राष्ट्रिय आविष्कार केन्द्रसँग “न्यानो नानी” बेबी वार्मर सम्बन्धी परियोजनामा सहकार्य गर्ने घोषणा गरेको हो ।
ज्योति विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत चन्द्र भट्ट र राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट केन्द्रका अध्यक्ष डा महावीर पुनले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।
ज्योति विकास बैंकले “हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत १० वटा “न्यानो नानी” बेबी वार्मर उपकरण बनाउनको लागि आवश्यक रु. ८ लाख राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गर्नेछ ।
उक्त “न्यानो नानी” बेबी वार्मर उपकरण दुवै संस्थाहरुको संयुक्त सहकार्यमा देशका विभिन्न ग्रामीण तथा पहुंच नपुगेका अस्पतालहरुलाई प्रदान गरिनेछ।
उक्त उपकरणले नवजात शिशुको शारिरिक तापक्रम उचित राख्दै देशको विभिन्न स्थानहरुमा शिशु मृत्युदर न्यूनीकरण गर्न योगदान पुर्याउने हुँदा बैंकले राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौता गरेको हो।
वि.सं.२०७७ साउन २८ बुधवार १४:०७



















