YouTube Link

कफी खेती र नर्सरीका लागि ५० प्रतिशत अनुदान

Facebook Link

काठमाडौं: राष्ट्रिय चिया तथा कफी विकास बोर्डले कफी खेती र नर्सरी स्थापना गर्न चाहनेलाई ५० प्रतिशत अनुदान दिने भएको छ ।

बोर्डले वार्षिक कार्यक्रमअनुसार चक्लाबन्दीमा कफी खेती विस्तार र कफी नर्सरी स्थापना कार्यक्रम कार्यान्वयनका लागि चक्लाबन्दी प्रोत्साहित गर्न अनुदान दिने भएको हो ।

अनुदान प्राप्त गर्नकालागि कम्तिमा ५० रोपनी जमीन चक्लाबन्दी गर्नुपर्ने र कफीको न्यूनतम ५० हजार बिरुवा उत्पादन गर्नेलाई ५० प्रतिशत अनुदान उपलब्ध गराउने बोर्डले जनाएको छ ।

बोर्डले इच्छुक कृषक समूह, फर्म, उद्योग, सहकारी र अन्य संघसंस्थालाई ३५ दिनभित्र प्रस्ताव पेश गर्न आह्वान गर्दै सोमबार सार्वजनिक सूचना जारी गरेको छ ।

इच्छुकले कफी क्षेत्र विस्तारका लागि न्यूनतम ५० रोपनी जग्गाको लालपुर्जाको फोटोकपी वा जग्गा धनीसँगको लिज सम्झौता र परियोजनास्थल रेखांकन गरिएको नापी विभागको नक्साको फोटोकपी पेश गर्नुपर्ने छ ।

बोर्डले चक्लाबन्दीमा कफी विस्तार कार्यक्रमका लागि प्रतिरोपनी ३० हजार रुपैयाँको दरले हुन आउने रकममा ५० प्रतिशत अनुदान दिने जानकारी दिएको छ ।

यो अनुदान रकमपछि जमीन चक्लाबन्दी गरेर कफी विस्तार गर्ने किसान तथा संघसंस्थाको लागत प्रतिरोपनी १५ हजार रुपैयाँमा मात्र पर्ने अपेक्षा बोर्डको छ।

कफी नर्सरी स्थापनाका लागि बढीमा ७ लाख ६९ हजार ८५० रुपैयाँमा ५० प्रतिशत अनुदान दिने बोर्डको सूचनामा उल्लेख छ । ‍

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

वि.सं.२०८३ साउन ४ सोमवार १४:०९

देशभक्त, अनुशासित, राज्यप्रति उत्तरदायित्वबोध, जनसेवा र राष्ट्रिय एकताको भावना भएका...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...