सेञ्चुरी बैंकले शुरु गर्यो थ्रीडी सेक्योर सेवा
वि.सं.२०७७ साउन २३ शुक्रवार १८:०६
1.8K
shares
काठमाडौं: सेञ्चुरी कमर्सियल बैंकले इन्डियाको आईजियलियन्ट टेक्नोलोजिज संगको सहकार्यमा थ्रीडी सेक्योर सेवा प्रारम्भ गरेको छ ।
उक्त सम्झौता अनुसार बैंकको भिसा डेबिट, क्रेडिट तथा ट्राभल कार्डबाट पैसा निकाल्न र सामान खरीद गर्नुका साथै विभिन्न अनलाइन माध्यमबाट पनि सजिलै र सुरक्षित रूपमा सामान खरिद गर्न सकिने बताएको छ ।
थ्रीडी सेक्योर सेवामा ग्राहकहरुले कार्ड प्रयोग गर्दा वान टाइम पासवर्ड(ओटीपी) आफ्नो आधिकारिक मोबाइल वा ईमेलमा प्राप्त गर्न सक्नेछन् । थ्रीडी सेक्योर सेवामा कार्ड र ओटीपी दुबै आवश्यक पर्ने हुँदा कारोवार पूर्ण रूपले सुरक्षित हुने बैंकले जनाएको छ ।
वि.सं.२०७७ साउन २३ शुक्रवार १८:०६




















