नबिल बैंक नेपालको उत्कृष्ट बैंक
वि.सं.२०७७ साउन १८ आइतवार १४:२४
1.9K
shares
काठमाडौं: बेलायतको प्रतिष्ठित प्रत्रिका यूरोमनीले लगातार दोस्रो पटक नबिल बैंकलाई ‘नेपालको उत्कृष्ट बैंक’ द्वारा पुरस्कृत गरेको छ ।
समकालीन बैंकहरु मध्ये बँदलिदो परिवेशमा बैंकले प्रदान गरेको सेवा तथा नाफामा गरेको वृद्धि लगायत समग्र बैकिङ कार्य सम्पादनलाई आधार मानेर यूरोमनीले पुरस्कृत गरेको हो ।
सन् १९९२ मा स्थापना भएको ‘यूरोमनिज् अवार्ड फर एक्सिलेन्स’ ले प्रत्येक वर्ष अन्तराष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय स्तरका उत्कृष्ट बैंकहरुलाई पहिचान गरी पुरस्कृत गर्दै आइरहेको छ ।
सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको नबिल बैंकको हालसम्म १ सय १८ शाखा, १ सय ७५ एटीएम र १ हजार ५ सय भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेका छन् ।
वि.सं.२०७७ साउन १८ आइतवार १४:२४




















