मुक्तिनाथ विकास बैंकको स्वतन्त्र सञ्चालकमा श्यामसुन्दर शर्मा नियुक्त
वि.सं.२०७७ साउन १८ आइतवार १४:०५
1.7K
shares
काठमाडौं: मुक्तिनाथ विकास बैंकको स्वतन्त्र संचालकमा श्यामसुन्दर शर्मा नियुक्त हुनु भएको छ । कम्पनी संचालक समितिको बैठकले उनलाई उक्त पदमा नियुक्त गरेको हो ।
नेपालमा व्यवस्थापन विज्ञको रुपमा परिचित शर्मा विभिन्न दातृ निकायहरुमा नीतिगत परामर्शदाताको रुपमा कार्य गर्दै आएका छन् । शर्माले नेपाल सरकारको विभिन्न मन्त्रालयमा उच्च पदमा रही करिव ३९ वर्ष कार्य गरी सक्नु भएको छ ।
शर्माले लिभरपुल विश्वविद्यालय, बेलायतबाट तथा त्रिभुवन विश्वविद्यालयबाट पब्लिक एडमिनिष्ट्रेशन विषयमा स्नातकोत्तर तह , त्रिभुवन विश्वविद्यालयबाट बिजनेस एडमिनिष्ट्रेशन विषयमा स्नातकोत्तर तह र सर्रे विश्वविद्यालय, बेलायतबाट टुरिजम म्यानेजमेन्ट विषयमा अध्ययन गर्नु भएको छ ।
वि.सं.२०७७ साउन १८ आइतवार १४:०५




















