YouTube Link

ई-नबिल कर्पोरेट इन्टरनेट बैंकिङ्ग सुरु

Facebook Link

काठमाडौं: आफ्ना व्यवसायिक ग्राहकहरुलाई विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस महामारीको समयमा सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकले ‘ई-नबिल कर्पोरेट इन्टरनेट बैंकिङ्ग’ सेवा सञ्चालनमा ल्याएको छ ।

ई-नबिल एसएमई, मीड कर्पोरेट तथा ठूला कर्पोरेटहरुलाई प्रदान गरिने इन्टरनेट बैंकिङ्ग सेवा हो । ई-नबिल मार्फत ग्राहकवर्गले नबिल बैंकमा रहेको खाता भएका ग्राहकहरुले रकम भुक्तानी गर्न सक्नेछन् । साथै ग्राहकहरुले देशका अन्य बैंक तथा वित्तीय संस्थाहरुमा रहेका खातामा पनि सजिलै भुक्तानी गर्नुका साथै आफ्नै घर तथा कार्यालयबाट भुक्तानीहरु समेत गर्न सक्नेछन् ।

ई-नबिलका सन्दर्भमा “ई-नबिल व्यवसायिक ग्राहकवर्गलाई सरल, सहज र छिटो वित्तीय सेवा प्रदान गर्ने उत्कृष्ट प्रणाली हो । यस प्रणाली मार्फत हाम्रा ग्राहकवर्गले सजिलै छोटो समयमा स्वयम् नै रकमान्तरण गर्न सक्नेछन् । अब वित्तीय कारोबार गर्न नियमित बैंकमा आइरहनु पर्दैन ।” नबिल बैंकका प्रमुख कार्यकारी अध्यक्ष, अनिल केशरी शाह बताउँछन् ।

नबिल बैंक निजि क्षेत्रको अग्रणी बैंक हो । यसका देश भरी १ सय १८ शाखाहरु र १ सय ७५ एटिएम काउण्टरहरु छन् । नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै यसले नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ र यसले ग्राहकको सन्तुष्टी सहित आधुनिक बैंकिङ्ग युगको शुरुवात गर्नुका साथै आफ्नो व्यवसायलाई ग्राहकहरुको उच्च सन्तुष्टी प्रदान गर्ने तर्फ केन्द्रित गरेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

वि.सं.२०८३ असार ३२ बिहीवार १२:४९

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले कुल लक्ष्यको करिव...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

वि.सं.२०८३ असार २६ शुक्रवार १४:०५

काठमाडौं: नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आगामी ११ देखि १६...

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

वि.सं.२०८३ असार २३ मंगलवार १२:३७

काठमाडौं: बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त...

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...