ऋणीहरुलाई ब्याजमा सहुलियत प्रदान गरिने: गभर्नर नेपाल राष्ट्र बैंक
वि.सं.२०७७ वैशाख १६ मंगलवार ११:०८
1.4K
shares
काठमाडौं: नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको चौथो त्रैमासमा भुक्तानी गर्नुपर्ने ब्याजमा सहुलियत प्रदान गर्ने घोषणा गरेका छन् । कोरोना भाईरस संक्रमणका कारण अर्थतन्त्रमा समस्या परेको तथा ऋणीहरु समेत मारमा परेको भन्दै उनले ब्याजमा सहुलियत प्रदान गर्ने बताएका हुन् ।
यसैगरी, कोरोनाबाट बढी प्रभावित भएका क्षेत्रलाई चालु पुँजी कर्जा प्रदान गर्न आवश्यक व्यवस्था मिलाइने पनि गभर्नर अधिकारीले बताएका छन् । ६० अर्बको पुनर्कर्जा कोषलाई आवश्यकता अनुसार क्रमशः वृद्धि गरिने पनि उनले बताए । बैंकिङ क्षेत्रबाट हुने कर्जा प्रवाहलाई थप सहजीकरण गरिने गभर्नर अधिकारीको भनाई छ ।
कोरोनाबाट अधिक प्रभावित भएका क्षेत्रमा प्रवाह गरिने कर्जाको पुनर्तालिकीकरण वा पुनर्संरचनाको सुधिवा पनि अघि सारिने उनले घोषणा गरेका छन् । यसैगरी, लक डाउन अवधिमा भुक्तानी गर्नुपर्ने कर्जाको समय थप गर्ने व्यवस्था मिलाइने पनि गभर्नर अधिकारीले बताए ।
वि.सं.२०७७ वैशाख १६ मंगलवार ११:०८


















