नेपाल राष्ट्र बैंकको ६५औँ वार्षिकोत्सवमा नयाँ वेवसाइट सार्वजानिक
वि.सं.२०७७ वैशाख १६ मंगलवार ११:०७
1.3K
shares
काठमाडौं: नेपाल राष्ट्र बैंक स्थापना भएको ६५औँ वर्ष पूरा भएको छ । यसै अवसरमा राष्ट्र बैंकले नयाँ वेवसाइट सार्वजानिक गरेको छ । ६५औँ वार्षिकोत्सवको अवसर पारेर पुरानो वेवसाइटलाई आधुनिक र सूचना प्रविधिमैत्रीका रुपमा विकास गर्न नयाँ वेवसाइट सार्वजानिक गरिएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकको नयाँ वेव साइटमा हेर्नेले एक क्लिकमा धेरै कुरा थाहा पाउन सक्छन् । होम पेजमै अल्पकालिन ब्याजदर, वैदेशिक मुद्रा विनिमय दर, बैंकको वार्षिक प्रतिवेदन, बैंकको रणनीतिक योजना लगायतका तथ्यांकले स्थान पाएका छन् ।
वि.सं.२०७७ वैशाख १६ मंगलवार ११:०७




















