YouTube Link

नर्भिक अस्पतालमा १५ शैय्याको पूर्ण सुविधासहितको आइसोलेसन वार्ड सञ्चालन

Facebook Link

काठमाडौं: कोरोना भाइरस संक्रमितको उपचार गर्न नर्भिक अस्पतालले आइसोलेसन वार्ड सञ्चालनमा ल्याएको छ । कोरोनाका बिरामीका लागि निजी अस्पतालले तयार गरेको पहिलो आइसोलेसन वार्ड हो । अस्पतालका सञ्चालक वसन्त चौधरीले १५ शैय्याको पूर्ण सुविधासहितको आइसोलेसन वार्ड सञ्चालनमा ल्याइएको जानकारी ट्विटरमार्फत दिएका छन् ।

‘नर्भिक अस्पतालको मूल भवनभन्दा छुट्टै १५ शैय्याको नवनिर्मित फुल इक्विप्ड कोभिड आइसोलेसन वार्ड आजदेखि सञ्चालनमा आएको छ,’ चौधरीले ट्विटमा लेखेका छन्, ‘नर्भिक सधै तपाईंहरुको सेवामा ।’ यसअभि कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले स्थापना गरेको कोषमा नर्भिक अस्पतालका अध्यक्ष चौधरीले एक करोड रुपैयाँ बराबरको सहयोग गर्ने घोषणा गरिसकेका छन् ।

कोरोना भाइरस रोकथाममा सहयोग पुगोस् भन्दै चौधरीले ५० लाख बराबरको स्वास्थ्य सामग्री र ५० लाख रुपैयाँ नगद दिने घोषणा गरेका हुन् । त्यस्तै नर्भिक अस्पतालले सरकारी चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि १७ हजार मास्क प्रदान गरेको छ । नर्भिकले डाक्टर तथा नर्सले प्रयोग गर्ने १५ हजार ‘थ्री प्लाइ’ र २ हजार ‘थ्रीएम एन ९५’ मास्क सरकारलाई हस्तान्तरण गरेको हो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

वि.सं.२०८३ भदौ १५ सोमवार १२:०३

काठमाडौं: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीमा आएको...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

वि.सं.२०८३ भदौ १० बुधवार १६:१४

काठमाडौं: रसुवामा आएको भीषण बाढीपछि रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार...