Texas College
YouTube Link

मूर्तिलाई माडीको अयोध्यापुरीमा स्थापना गरिने

Facebook Link

काठमाडौं:  प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्षको भानु जयन्तीमा भगवान् रामको जन्म भारतमा नभई नेपालकै अयोध्यापुरीमा भएको दाबी गरेका थिए ।

 

प्रधानमन्त्रीकै अग्रसरतामा करिब ९ महिनाको अवधिमा उनले मन्दिरका लागि आवश्यक जग्गाको बन्दोबस्त गर्न र राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति तयार पार्न लगाए । निर्माण भएका ती मूर्तिलाई वैशाख ८ गते रामनवमीका अवसरमा माडीको अयोध्यापुरीमा स्थापना गरिनेछ ।

 

प्रधानमन्त्री ओलीले रामनवमीको अघिल्लो दिन काठमाडौंको पशुपतिनाथ क्षेत्रमा रहेको राम मन्दिरबाट विधिवत् रूपमा ती मूर्तिहरू हस्तान्तरण पछि पशुपतिनाथबाट भद्रकालीसम्म एक हजार कलससहितको र्‍याली भएको हो । भद्रकालीबाट नागढुंगासम्म बग्गी र रथ हुनेछन् भने नागढुंगाबाट रथ र सर्वसाधारणको र्‍याली संगीत र भजन कृतनसहित अघि बढ्नेछ ।

 

उक्त र्‍याली चितवनको दासढुंगाबाट देवघाट पुगेर बस्ने छ । रामनवमीका दिन कालीगण्डकी र त्रिशुली नदीको दोभानमा स्नानगरी पुनः दासढुंगा पुगेर जुगेडी, रामनगर, नारायणगढ, भरतपुर हुँदै मूर्तिलाई माडी पुर्‍याइने छ ।

 

अयोध्याधामको गुरुयोजना निर्माणको काम अहिले भइरहेको छ। आगामी २२ महिनाभित्र गुरुयोजना अनुरूपको मन्दिर तयार हुने र सोही मन्दिरमा मूर्तिको प्राण प्रतिष्ठा गरिने श्रोतले जनाएको छ । माडी नगरपालिकाले सिफारिस गरेको एक सयमध्ये १९ बिघा क्षेत्रफलमा मन्दिर र जटायु पार्क निर्माण गर्न लागिएको छ।

 

अयोध्याधाम निर्माणका लागि पूर्वसांसद तीर्थ भूषालको अध्यक्षतामा अयोध्याधाम व्यवस्थापन समिति निर्माण गरिएको छ । समितिले सरकारले गठन आदेश जारी गरेर उक्त समितिलाई अधिकार सम्पन्न बनाउनुपर्ने माग राखिएको जनाएको छ।

 

यो पनि पढ्नुहोस् :

राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिलाई चितवन पठाइयो

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
गृहमन्त्रीलाई बुझायो रास्वपाले भ्रष्टाचारविरुद्धको संकल्प प्रस्ताव

गृहमन्त्रीलाई बुझायो रास्वपाले भ्रष्टाचारविरुद्धको संकल्प प्रस्ताव

वि.सं.२०८० जेठ ६ शनिवार ११:४४

  काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सांसद सुमना श्रेष्ठले संसदमा...

एभरेष्ट बैंकको खाताबाट डेढ करोड चोरी

एभरेष्ट बैंकको खाताबाट डेढ करोड चोरी

वि.सं.२०८० जेठ ६ शनिवार १०:३४

  विराटनगर: एभरेष्ट बैंकको इटहरी शाखाबाट बचतकर्ताले जम्मा गरेको एक...

एउटै रुखमा झुण्डिएर तीन किशोरीले गरे आत्महत्या

एउटै रुखमा झुण्डिएर तीन किशोरीले गरे आत्महत्या

वि.सं.२०७९ साउन ८ आइतवार ११:३१

झापा : झापामा एउटै रूखमा झुण्डिएको अवस्थामा तीन किशोरीको शव...

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

वि.सं.२०७९ साउन ८ आइतवार १०:३५

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज दिउसो १ बजे बस्दैछ ।...

शेखरले पोखे आईजीपी नियुक्तिमा असन्तुष्टि

शेखरले पोखे आईजीपी नियुक्तिमा असन्तुष्टि

वि.सं.२०७९ वैशाख १८ आइतवार १६:१६

  काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपाल प्रहरीको...

आफूभन्दा जुनियलाई आईजीपी बनाएपछि दुई एआईजी रुष्ट

आफूभन्दा जुनियलाई आईजीपी बनाएपछि दुई एआईजी रुष्ट

वि.सं.२०७९ वैशाख १८ आइतवार १४:४३

    काठमाडौँ । आफूभन्दा कनिष्ठलाई सरकारले आईजीपी बनाएपछि दुई...