नेपालमा कोरोना संक्रमितको संख्या १,७९,६१४ पुग्यो
वि.सं.२०७७ कात्तिक १८ मंगलवार १७:३७
1.6K
shares
काठमाडौं: पछिल्लो २४ घण्टामा देशभर ३ हजार १ सय १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ७९ हजार ६ सय १४ पुगेको छ।
आज देशभर ३७ हजार ४ सय ७६ जना सक्रिय संक्रमित छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार १ सय ४२ जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म १ लाख ४१ हजार १ सय ३४ पुगेको छ।
पछिल्लो २४ घन्टामा २० जना संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुने संक्रमितको संख्या १ हजार ४ पुगेको छ।
वि.सं.२०७७ कात्तिक १८ मंगलवार १७:३७




















