कांग्रेसका पुराना नेता प्रसाईको निधन
वि.सं.२०७७ असोज २३ शुक्रवार १४:४२
1.4K
shares
काठमाडौं : नेपाली कांग्रेसको पुरानो पुस्ताका नेता रामबाबु प्रसाईं (खनुपरुदे) को आज निधन भएको छ ।
उच्च ज्वरो तथा श्वासप्रश्वासमा समस्या आएपछि साताअघि चावहिलस्थित ओम अस्पताल भर्ना भएका प्रसाईलाई अस्पताल भर्ना भएपछि कोरोना देखा परेको थियो ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा लामो समय कोषाध्यक्षको जिम्मेवारीमा रहेका उनले ०१७ सालपछि कांग्रेस पार्टीलाई आर्थिक सहयोग गर्दै आएका थिए ।
उनको ९९ वर्षको उमेरमा निधन भएको हो ।
वि.सं.२०७७ असोज २३ शुक्रवार १४:४२




















