YouTube Link

पूर्वतयारी नपुग्दा नेपालमा आएको रेल पुनः भारततर्फ फिर्ता

Facebook Link

काठमाडौं: सरकारले डेढ वर्षदेखि निर्माणाधीन जनकपुर–जयनगर रेलमार्गमा रेल सञ्चालन गर्ने आवश्यक पूर्वतयारी नपुग्दा नेपालमा आएको रेल पुनः भारततर्फ नै फिर्ता लगिएको छ ।

३४ किलोमीटर लामो रेलमार्गमा शुक्रवार परीक्षण गरिए पनि नेपालले आवश्यक जनशक्ति तयार नगर्दा दुईओटा रेलसेटहरू पुनः भारततर्फ नै लगिएका हुन् ।

रेलमार्गमा रेल सञ्चालनका लागि आवश्यक प्राविधिक तथा प्रशासनिक कर्मचारीहरू भर्ना नगरिएको तथा रेल इन्जिनियरहरू भारतबाट ल्याउने प्रक्रिया नटुङ्ग्याउँदा नयाँ रेल आए पनि सेवा सञ्चालन हुन नसकेको हो ।

नेपाल रेलवे कम्पनी लिमिटेडले १३९ कर्मचारी नियुक्ति गर्न भदौ २९ गते सूचना जारी गरेको छ । करार सेवाका लागि कम्पनीले १५ दिनभित्र आवेदन माग गरिएको छ ।

यसको प्रक्रिया सम्पन्न गर्न डेढदेखि २ महीना बित्ने देखिन्छ । भारतबाट ल्याउने कर्मचारीका लागि भने १ हप्ताभित्र टुंगो लाग्ने कम्पनीले जनाएकाे छ ।

सञ्चालनमा ल्याइसकेको रेल पार्किङ गरेर राख्दा पार्टपुर्जा बिग्रन सक्ने भएपछि समयसमयमा चलाउन पुनः जयनगर नै पठाउन परेको र नियमित रूपमा रेल सञ्चालन गर्न डेढ महीनाजति लाग्ने कम्पनीले जनाएकाे छ ।

कम्पनीले कर्मचारी नियुक्तिको प्रक्रिया ढिला शुरू गरेकाले तयारी अवस्थाका रेल तत्काल प्रयोगविहीन भएका हुन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

वि.सं.२०८३ भदौ १७ बुधवार १४:३५

काठमाडौं: भदौ १० मा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकारले...

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

वि.सं.२०८३ भदौ १५ सोमवार १३:५४

काठमाडौं: रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण १२ जना...