उपत्यकाको निषेधाज्ञा मोडालिटी परिवर्तन
वि.सं.२०७७ भदौ २४ बुधवार १८:११
1.5K
shares
काठमाडौं: उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले उपत्यकाका तीन जिल्लामा जारी निषेधाज्ञाको मोडालिटी केही खुकुलो हुने गरि परिवर्तन गरेका छन् ।
मंगलबार तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले अनुमोदनका लागि गृहमन्त्रालयमा पठाएको मोडालिटी स्वीकृत भएको छ । नयाँ मोडालिटी अनुसार निजी सवारी साधनलाई जोर विजोर गरी चल्न दिने, दैनिक उपभोग्य समानका पसलहरू समय तोकेर सञ्चालन गर्ने दिन र निजी कार्यालय, उद्योग एवम् कलकारखाना स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्ने दिने गरी माेडालिटी परिवर्तन गरिएको छ ।
निषेधाज्ञा मोडालिटी परिवर्तन गरिएपनि भेला, जुलुस, भीडभाड, जात्रा, महोत्सवमा सहभागी हुन पाईने छैन । त्यसैगरी कलकारखाना र व्यवसयायमा भीडभाड हुने, शैक्षिक संस्था सञ्चालन, गोष्ठी गर्न, सिनेमा घर खुला, शैलुन, ब्यूटी पार्लर स्पा सञ्चालन गर्न, पुस्तकालय, चिडियाखाना खोल्न र स्वास्थ्य मापदण्ड विपरित श्रमिक र कामदार ओसार पसार गर्न पाइने छैन।
वि.सं.२०७७ भदौ २४ बुधवार १८:११



















