YouTube Link

बलात्कारमा परेकी युवतीलाई थुन्न खोज्ने न्यायाधीश तानिए

Facebook Link

 

काठमाडौं: आफूमाथि बलात्कार भएको विषयमा जिल्ला प्रहरी कायर्कलयमा मुद्दा दायर गरेकी एक युवतीलाई उल्टै थुन्न खोज्ने न्यायाधीशलाई कारबाहीको लागि प्रक्रिया चलिरहेको छ ।

 

बलात्कार सम्बन्धी मुद्दामा अछाम जिल्ला अदालतका न्यायाधीस नवीनकुमार जोशीले पीडित महिलामाथि नै साढे तीन बर्षको जेल सजाय सुनाएका थिए ।

 

उनले यस्तो फैसला गरेपछि न्यायाधीश जोशीमाथि छानबिन र कारवाहीको प्रक्रिया अघि बढेसँगै उनलाई हिजो न्याय परिषदको बैठक लगत्तै तानिएको छ ।

 

अहिले जोशीको ठाउँमा कैलालीबाट अर्का न्यायाधीशलाई पठाउने तयारी शुरु भएको छ ।

 

निर्वाचन आयोगले गत चैत २५ गते राति १२ बजेदेखि लागू गरेको आचारसंहिता अघिसम्म जोशीको स्थानमा कोही पनि नपठाइएपछि अहिले आयोगको लागि उक्त जिल्लाको निर्वाचनमा समेत अप्ठेरो पर्ने अवस्था देखिएको हो ।

 

जिल्ला न्यायाधीश निर्वाचन प्रयोजनको निम्ति मुख्य निर्वाचन अधिकृत हुने भएकाले जिल्लामा गरिने निर्वाचन तयारीमा असर परेको बताइन्छ ।

 

बैशाख ८ गते बिहीबारदेखि ७७ वटै जिल्लामा निर्वाचन कार्यालय स्थापना हुँदै छ ।

 

जोशीमाथि अघि बढाइएको छानबिनको घटनाक्रम यस्तो छः

जबर्जस्ती करणीसम्बन्धी एउटा मुद्दामा जिल्ला अदालत अछामका न्यायाधीश नवीनकुमार जोशीले पीडित किशोरीलाई नै साढे तीन वर्ष जेल सजायको फैसला सुनाएपछि चर्को विवाद भएको हो । जोशी श्रीमानको इजलासले झूठो बयान दिएको ठहर गर्दै किशोरीलाई जेल पठाउन आदेश गर्नुका साथै आरोपित पुरुषलाई सफाइ दिएको छ ।

 

निकै संवेदनशील मुद्दामा हतारमा फैसला गर्ने न्यायाधीश जोशीले निकटस्थहरुसँग सरकारी वकिलले फसाएको गुनासो गरेका छन् । पुरानो अध्यादेश अहिले क्रियाशील रहने जिकिर पेश गर्दै किशोरीमाथि सजाय हुनुपर्ने सरकारी वकिलको मागदाबीबमोजिमको फैसला गरेपछि जोशी श्रीमान उनै वकिलहरुले आफूलाई फसाएको भन्दै रुष्ट भएका हुन् ।

 

गत फागुनमा अछामको एउटा दुर्गम गाउँकी किशोरीलाई भारतमा काम गर्ने एक युवकले विवाहको प्रलोभन देखाएर शारीरिक सम्बन्ध राखेका थिए । बिहे गरेर उतै लैजाने र सुःखसयलको जिन्दगी बिताउने आश्वासनमा पग्लेकी ती किशोरीले आफूलाई युवकसामु समर्पण गरिन् ।

 

पहिले नै चिनजान भएको र प्रेम गर्ने केटाप्रति उनले कुनै शंका गरिनन् । तर, असली चरित्र त्यतिबेला खुल्यो जब किशोरीलाई राति जंगलमा लगेर जबर्जस्ती शारीरिक सम्बन्ध राखेपछि उसले छाडेर हिँड्यो ।

 

त्यसपछि ती किशोरी न्यायका लागि अदालतको ढोका ढक्ढकाउन पुगिन् । तर, अदालतले उनलाई न्याय होइन, थप पीडा दियो । न्यायाधीश जोशीको फैसलाविरुद्ध पीडितपक्ष उच्च अदालत दिपायल गएको हो । सरकारवादी मुद्दा भएकाले सरकारी वकिल नै पुनरावेदनको निवेदन लिएर उच्च पुगेका छन् । यो मुद्दामा सुनुवाई भइरहेको छ ।

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Nishana Seving AD
सुपर सिक्समा नेपालको लगातार तेस्रो जित

सुपर सिक्समा नेपालको लगातार तेस्रो जित

वि.सं.२०८२ असोज ३० बिहीवार ०६:५७

काठमाडौं: नेपालले टी-२० विश्वकप एसिया इस्ट एसिया प्यासिफिक छनोटको सुपर...

नेपालले आज घरेलु टोली ओमानसँग भिड्दै

नेपालले आज घरेलु टोली ओमानसँग भिड्दै

वि.सं.२०८२ असोज २९ बुधवार ०७:४६

काठमाडौं: आइसिसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको...

सभामुखले आज दलहरूसँग छलफल गर्ने

सभामुखले आज दलहरूसँग छलफल गर्ने

वि.सं.२०८२ असोज २९ बुधवार ०७:३४

काठमाडौं: सभामुख देवराज घिमिरेले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका दलहरूलाई छलफलमा...

नेकपा एमालेको १०औँ केन्द्रीय कमिटी बैठक आजदेखि

नेकपा एमालेको १०औँ केन्द्रीय कमिटी बैठक आजदेखि

वि.सं.२०८२ असोज २९ बुधवार ०७:२८

काठमाडौं: नेकपा एमालेको १०औँ केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ...

अझै फर्केनन् ५ हजार २५७ कैदीबन्दी (सूचीसहित)

अझै फर्केनन् ५ हजार २५७ कैदीबन्दी (सूचीसहित)

वि.सं.२०८२ असोज २९ बुधवार ०७:१६

काठमाडौं: जेन-जी आन्दोलनको क्रममा मौका छोपेर भागेका विभिन्न अपराधमा सजाय...

कतारविरुद्ध नेपालको रोमाञ्चक जित

कतारविरुद्ध नेपालको रोमाञ्चक जित

वि.सं.२०८२ असोज २८ मंगलवार ०७:०१

काठमाडौं: आइसीसी टी-२० विश्वकपको एसिया र इस्ट एसिया प्यासिफिक क्षेत्रको...