YouTube Link

बलात्कारमा परेकी युवतीलाई थुन्न खोज्ने न्यायाधीश तानिए

Facebook Link

 

काठमाडौं: आफूमाथि बलात्कार भएको विषयमा जिल्ला प्रहरी कायर्कलयमा मुद्दा दायर गरेकी एक युवतीलाई उल्टै थुन्न खोज्ने न्यायाधीशलाई कारबाहीको लागि प्रक्रिया चलिरहेको छ ।

 

बलात्कार सम्बन्धी मुद्दामा अछाम जिल्ला अदालतका न्यायाधीस नवीनकुमार जोशीले पीडित महिलामाथि नै साढे तीन बर्षको जेल सजाय सुनाएका थिए ।

 

उनले यस्तो फैसला गरेपछि न्यायाधीश जोशीमाथि छानबिन र कारवाहीको प्रक्रिया अघि बढेसँगै उनलाई हिजो न्याय परिषदको बैठक लगत्तै तानिएको छ ।

 

अहिले जोशीको ठाउँमा कैलालीबाट अर्का न्यायाधीशलाई पठाउने तयारी शुरु भएको छ ।

 

निर्वाचन आयोगले गत चैत २५ गते राति १२ बजेदेखि लागू गरेको आचारसंहिता अघिसम्म जोशीको स्थानमा कोही पनि नपठाइएपछि अहिले आयोगको लागि उक्त जिल्लाको निर्वाचनमा समेत अप्ठेरो पर्ने अवस्था देखिएको हो ।

 

जिल्ला न्यायाधीश निर्वाचन प्रयोजनको निम्ति मुख्य निर्वाचन अधिकृत हुने भएकाले जिल्लामा गरिने निर्वाचन तयारीमा असर परेको बताइन्छ ।

 

बैशाख ८ गते बिहीबारदेखि ७७ वटै जिल्लामा निर्वाचन कार्यालय स्थापना हुँदै छ ।

 

जोशीमाथि अघि बढाइएको छानबिनको घटनाक्रम यस्तो छः

जबर्जस्ती करणीसम्बन्धी एउटा मुद्दामा जिल्ला अदालत अछामका न्यायाधीश नवीनकुमार जोशीले पीडित किशोरीलाई नै साढे तीन वर्ष जेल सजायको फैसला सुनाएपछि चर्को विवाद भएको हो । जोशी श्रीमानको इजलासले झूठो बयान दिएको ठहर गर्दै किशोरीलाई जेल पठाउन आदेश गर्नुका साथै आरोपित पुरुषलाई सफाइ दिएको छ ।

 

निकै संवेदनशील मुद्दामा हतारमा फैसला गर्ने न्यायाधीश जोशीले निकटस्थहरुसँग सरकारी वकिलले फसाएको गुनासो गरेका छन् । पुरानो अध्यादेश अहिले क्रियाशील रहने जिकिर पेश गर्दै किशोरीमाथि सजाय हुनुपर्ने सरकारी वकिलको मागदाबीबमोजिमको फैसला गरेपछि जोशी श्रीमान उनै वकिलहरुले आफूलाई फसाएको भन्दै रुष्ट भएका हुन् ।

 

गत फागुनमा अछामको एउटा दुर्गम गाउँकी किशोरीलाई भारतमा काम गर्ने एक युवकले विवाहको प्रलोभन देखाएर शारीरिक सम्बन्ध राखेका थिए । बिहे गरेर उतै लैजाने र सुःखसयलको जिन्दगी बिताउने आश्वासनमा पग्लेकी ती किशोरीले आफूलाई युवकसामु समर्पण गरिन् ।

 

पहिले नै चिनजान भएको र प्रेम गर्ने केटाप्रति उनले कुनै शंका गरिनन् । तर, असली चरित्र त्यतिबेला खुल्यो जब किशोरीलाई राति जंगलमा लगेर जबर्जस्ती शारीरिक सम्बन्ध राखेपछि उसले छाडेर हिँड्यो ।

 

त्यसपछि ती किशोरी न्यायका लागि अदालतको ढोका ढक्ढकाउन पुगिन् । तर, अदालतले उनलाई न्याय होइन, थप पीडा दियो । न्यायाधीश जोशीको फैसलाविरुद्ध पीडितपक्ष उच्च अदालत दिपायल गएको हो । सरकारवादी मुद्दा भएकाले सरकारी वकिल नै पुनरावेदनको निवेदन लिएर उच्च पुगेका छन् । यो मुद्दामा सुनुवाई भइरहेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...