YouTube Link

कोरोना विरुद्ध लड्न सार्क राष्ट्रबीच भिडियो कन्फरेन्स आज

Facebook Link

काठमाडौं: कोरोना भाइरस ‘कोभिड-१९’ को संक्रमणले विश्वव्यापी संकटको रुप लिइरहेका बेला सार्क राष्ट्रहरूको भिडियो कन्फेन्स आज साँझ सवा ५ मा हुने भएको छ । कोरोना भाइरसको जोखिम न्यूनीकरणमा सार्क राष्ट्रहरू एकजुट भएको सन्देश दिन भिडियो कन्फ्रेन्स आयोजना गर्न लागिएको हो ।

जहाँ सार्क राष्ट्र प्रमुख भिडियो सम्मेलनमा लाइभ प्रस्तुत भएर आफ्ना अनुभव र समाधानका उपायका बारेमा गम्भीर छलफल गर्नु हुनेछ । भिडियो कन्फ्रेन्समा उठान हुने मुख्य विषय कोरोना भाइरस नै रहेको प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईले प्रष्ट पारे । उनले भारतका प्रधानमन्त्री मोदीको प्रस्ताव अनुसार सबै सार्क राष्ट्र प्रमुखहरुले भिडियो कन्फरेन्समा सहभागिता जनाउनेछन् ।

भारतबाट भएको सो प्रस्तावमाथि सार्कको अध्यक्ष राष्ट्रको प्रमुखको हैसियतले प्रधानमन्त्री ओलीले नेपालको तर्फबाट आफ्नो राय भिडियो कन्फरेन्समा व्यक्त गर्नेछन् । सार्कका अध्यक्ष तथा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस नियन्त्रणका लागि डिजिटल सञ्जाल ट्विटरबाट एकसाथ प्रतिवद्धता जनाएका थिए । मोदीको प्रस्तावलाई सार्क क्षेत्रका अन्य देशका राष्ट्र तथा सरकार प्रमुखले पनि स्वागत गरेका थिए । सन् १९८५ डिसेम्बर ८ मा स्थापना भएको सार्कमा नेपाल, पाकिस्तान, बङ्गलादेश, भारत, भुटान, माल्दिभ्स, श्रीलंका र अफगानिस्तान छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...