YouTube Link

कोरोना भाइरसको संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या ५ हजार ८ सय ३५ पुग्यो, स्पेन र फ्रान्समा आपत्कालीन प्रतिबन्ध

Facebook Link

काठमाडौं: कोरोनाभाइरसको संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या ५ हजार ८ सय ३५ पुगेको छ । १ सय ५१ देशका १ लाख ५६ हजार ५ सय ३३ जना संक्रमित भएका छन् । कोरोनाको सबैभन्दा बढी चपेटामा परेको चीनमा पछिल्लो २४ घण्टामा कसैमा पनि नयाँ संक्रमण देखिएको छैन ।

यद्यपी उपचारारत १० हजार ४ सय २५ मध्येका १० जनाको भने मृत्यु भएको चिनियाँ स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । योसँगै चीनमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३१ सय ९९ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ सय ६ जनाको मृत्यु हुँदा बाँकी ३ सय ९६ जनाको भने चीनबाहिर मृत्यु भएको छ । कोरोनाभाइरसको संक्रमण उच्च भएपछि युरोपेली सङ्घका दुई ठूला मुलुक स्पेन र फ्रान्सले पनि आपत्कालीन प्रतिबन्ध लगाएका छन् ।

इटालीले देशभर यात्रामा प्रतिबन्ध लगाउँदै खाद्यान्न र औषधि पसल बाहेकका सबै व्यवसाय बन्द गरिरहँदा स्पेन र फ्रान्सले पनि प्रतिबन्ध लगाएका हुन् । स्पेनमा मानिसहरुलाई अत्यावश्यक सामग्री किन्न बाहेक घरबाहिर ननिस्कन आह्वान गरिएको छ । स्पेनमा अहिलेसम्म कोरोना भाइरसका कारण १ सय ९६ जनाको मृत्यु भएको छ भने ६ हजार ४ सय जनामा संक्रमण भएको छ ।

यस्तै फ्रान्समा ९१ जनाको मृत्यु भएको छ भने ४४ सय भन्दा बढी संक्रमित भएका छन् । फ्रान्सका अधिकांश क्याफे, रेस्टुरेन्ट, चलचित्र घर तथा पसलहरु बन्द भइसकेका छन् । युरोपको सबैभन्दा बढी प्रभावित देश इटालीमा सोमबारदेखि देशव्यापी ‘लकडाउन’ लागु हुनेछ । इटालीमा अहिलेसम्म कोरोना भाइरसका कारण १४ सय ४१ जनाको मृत्यु भएको छ भने २१ हजार भन्दा बढी संक्रमित भएका छन् ।

सङ्क्रमणबाट बेलायतमा पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या दोब्बर पुगेको छ । त्यहाँ थप १० जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या २१ पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । बेलायतमा ११ सय ४० जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ ।

अमेरिकाले बेलायत र आयरल्याण्डलाई पनि यात्रामा प्रतिबन्ध लगाएको छ । यसअघि बेलायत बाहेक युरोपका सबै देशमाथि यात्रामा प्रतिबन्ध लगाइएको थियो । बेलायत र रिपब्लिक अफ आयरल्याण्डमाथिको यात्रा प्रतिबन्ध आउँदो मंगलबारदेखि सुरु हुनेछ । अमेरिकी उपराष्ट्रपति माइक पेन्सका अनुसार यसअघि यात्रामा प्रतिबन्ध गरिएको भनिएका २६ देशमा अब बेलायत र आयरल्याण्डको नाम पनि थपिएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...