टोटेनहम च्याम्पियन्स लिग फुटबल प्रतियोगिताबाट बाहिरियो
वि.सं.२०७६ फागुन २८ बुधवार ०८:०३
1.3K
shares
एजेन्सीः टोटेनहम च्याम्पियन्स लिग फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । अन्तिम १६ को दोस्रो लेगको खेलमा जर्मन क्लब आरबी लेईपजिगसंग ३–० ले पराजित हुँदै टोटेनहम प्रतियोगिताबाट बाहिरिएको हो । पहिलो लेगको खेलमा लेईपजिगले १–० को अग्रता बनाएको थियो ।
समग्रमा ४–० को नतिजा सहित जर्मन क्लब जर्मन क्लब क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मार्सेल सबित्जरले १० औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अगाडी बढाएका थिए । २१ औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै उनले टोलीको अग्रता दोब्बर बनाए । कमजोर डिफेन्सको फाईदा उठाउँदै घरेलु टोलीले २१ मिनेटको अन्तरमा दुई गोल गर्न सफल रह्यो । चोटले बिथोलिएको टोटेनहमले दोस्रो हाफमा सुधारिएको खेल पस्किएको थियो । तर गत सिजन अजाक्सबिरुद्ध निकालेको अप्रत्यासित नतिजा लाईपेजिगसंग दोहरिन सकेन । पछिल्लो हारसंगै यससिजन समेत टोटेनहम उपाधि विहिन हुने पक्का भएको छ ।
वि.सं.२०७६ फागुन २८ बुधवार ०८:०३



















