एटलान्टा युरोपेली च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा
वि.सं.२०७६ फागुन २८ बुधवार ०८:०३
1.4K
shares
एजेन्सीः भ्यालेन्सियालाई हराउँदै इटालियन क्लब एटलान्टा युरोपेली च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा प्रवेश गर्न सफल भएको छ । बन्द रंगशालामा भएको खेलमा जोसिप इलिसिच एक्लैले चार गोल गर्दा दोस्रो लेगमा एटलान्टा ४–३ ले विजयी भयो ।
पहिलो लेगमा एटलान्टा ४–१ ले विजयी भएको थियो । खेलको तेस्रो मिनेटमा नै भ्यालेन्सियाका डिफेन्डरले डिबक्स भित्र इलिसिचलाई लडाएपछि एटलान्टाले पेनाल्टी पायो । जसलाई इलिसिचले नै गोलमा परिणत गरे । २१औं मिनेटमा केभिन गामिरोले भ्यालेन्सियाका लागि गोल गर्दै खेल बराबरीमा पुर्याए । दोस्रो हाफ सुरु भएको ६ मिनेटमा गामिरोले र ६७औं मिनेटमा फेरान टोरेसले गोल गर्दै भ्यालेन्सियालाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर, इलिसिचलाई भ्यालेन्सियाले रोक्न सकेन । ७१औं मिनेटमा इलिसिच गोल गर्दै ह्याट्रिक पूरा गरे । उनी च्याम्पियन्स लिगमा ह्याट्रिक गर्ने पहिलो स्लोभेनियन खेलाडी समेत बने । ८२औं मिनेटमा इलिसिचले अर्को गोल गर्दै एटलान्टालाई जित दिलाए ।
वि.सं.२०७६ फागुन २८ बुधवार ०८:०३



















