YouTube Link

कोरोना भाइरस ‘कोभिड-१९’ संक्रमणः चिनमा घट्यो, विश्वभर फैलिदै, अहिलेसम्म संक्रमितमध्ये ६ प्रतिशतको मृत्यु

World Cup 2026
Facebook Link

काठमाडौं: विश्वभर फैलिएको कोरोना भाइरस कोभिड–१९ संक्रमणबाट ज्यान गुमाउनेको संख्या चार हजार नाघेको छ । पछिल्ला दिनमा चिनमा संक्रमणदर घट्दै गएपनि अन्य देशमा भने फैलिइरहेको छ । चिनपछि सबैभन्दा बढि संक्रमण इटालीमा देखिएको छ । अहिलेसम्म संक्रमितमध्ये ६ प्रतिशतको मृत्यु भएको छ ।

गत डिसेम्बरमा चीनको बुहान प्रान्तमा देखिएको यसको संक्रमण सयभन्दा बढी देशमा देखिसकेको छ । पछिल्लो नतिजा अनुसार चीनबाहिर इटालीमा कोरोना संक्रमणका बिरामी धेरै देखिएका छन् । इटालीमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ६३ पुगेको छ । संक्रमितको संख्या एकै दिन २५ प्रतिशतले बढ ९ हजार पुगेको छ । इटाली सरकारले कोरोना फैलिन नदिन यात्राको लागि विशेष अनुमति लिनुपर्ने नियम लगाएको छ । देशभर स्कुल, जिम सेन्टर, संग्रहालय, नाइट क्लब तथा मानिस जम्मा हुने अन्य स्थान बन्द गर्ने घोषणा गरिएको छ ।

फ्रान्समा सांसद पनि कोरोना संक्रमणमा परेका छन् । अमेरिकामा २७ जनाको मृत्य भएको छ भने जापानमा १० जनाले ज्यान गुमाएका छन् । यसैबीच चिनियाँ राष्ट्रपति सी चिनफिङ मंगलबार बिहान कोरोना भाइरस कोभिड–१९ को उदगमस्थल वुहान पुगेका थिए । चिनफिङले त्यहाँ पुगेर स्वास्थ्यकमीहरुसँग पछिल्लो अवस्थाबारे जानकारी लिएका थिए । चीनमा संक्रमित र मृतक संख्या कम हुँदै गएको छ ।

कोरोना प्रकोपका कारण विश्वभर विविध कार्यक्रम स्थगित गरिएका छन् । विभिन्न देशमा खेलकुद र सांस्कृतिक कार्यक्रम पनि रोकिएका छन् । युरोपेली संसद्ले यसै साताका लागि तय गरिएको विस्तारित बैठक अर्को सूचना नभएसम्मका लागि स्थगन गरेको छ । कैयौं देशले कोरोना प्रभावित राष्ट्रका नागरिकलाई प्रवेशमा रोक लगाएका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...