Texas College
YouTube Link

काठमाडौं उपत्याकामा बिहानैदेखि वर्षा, देशभरका उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको पनि सम्भावना

Facebook Link

काठमाडौं: आज बिहानैदेखि काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमका तराई भूभागबाहेक देशका बाँकी सबै स्थानमा गड्याङगुडुङसहित पानी परिरहेको जनाएको छ ।

काठमाडौं उपत्यकामा आज बिहान साढे ४ बजेदेखि नै हल्का वर्षा भइरहेको छ भने पश्चिमी र पूर्वी क्षेत्रमा शुक्रबार रातिदेखि नै पानी परिरहेको महाशाखाले जनाएको छ । अहिले वर्षा भइरहेको काठमाडौं उपत्यका लगायतका स्थानमा केही समयपछि पानी पर्न रोकिए पनि मध्याह्नपछि पुनः वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै आज देशभरका उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको पनि सम्भावना छ । मौमस पूर्वानुमान महाशाखाले शनिबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशका केही स्थानहरूमा मेघ गर्जनचट्याङ हावाहुरी असिनासहित वर्षाको सम्भावना रहेको साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यमसम्म हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउनु हुन अनुरोध छ ।

भोलि आइतबारबाट भने मौसम सुध्रिने सम्भावना छ । आकाशमा बादल देखिए पनि भोलि वर्षाको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२८

पहिलोपटक कसैले झट्ट भेट्दा स्वभाव खरो झैं लाग्ने । पेशाले...

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:३८

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे...

देशका अधिकांश भू-भागमा वर्षा हुने

देशका अधिकांश भू-भागमा वर्षा हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२८

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

वि.सं.२०८३ वैशाख १६ बुधवार १४:३१

काठमाडौं: नेपाली सेनासम्बन्धी सही र तथ्य सूचना सम्प्रेषण गर्ने ध्येयका...

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:२९

काठमाडौं: जल तथा मौसम विज्ञान विभागले देशका चारवटा प्रदेशमा तीव्र...

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:१३

काठमाडौं: यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक...