कोरोनाको प्रभाव: निर्धारित कार्यक्रमहरू धमाधम स्थगित
वि.सं.२०७६ फागुन २४ शनिवार ०७:४९
1.6K
shares
काठमाडौं: चीनबाट संक्रमण फैलिएको कोरोना भाइरसको फैलावट बढ्दै गएपछि त्यसको सम्भावित जोखिमलाई दृष्टिगत जिल्ला प्रशासन कार्यालयहरूले भीडभाडमा नजान, भेला, उत्सव तथा गोष्टीको आयोजन नगर्न आग्रह गरेका छन् ।
विज्ञप्ति जारी गर्दै नागरिकलाई भीडभाड भएका ठाउँमा नजान, होली खेल्नसमेत रोक लगाएका छन् । कोरोना भाइरसको संक्रमण विश्वभरी फैलिरहेकाले अर्को सूचना नभएसम्मका लागि भेला हुन, विभिन्न उत्सवहरू मनाउन, होली खेल्न रोक लगाएको जिल्ला प्रशासन कार्यालयहरुले जनाएका छन् ।
वि.सं.२०७६ फागुन २४ शनिवार ०७:४९



















