एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिता स्थगित
वि.सं.२०७६ फागुन २२ बिहीवार १६:५४
1.2K
shares
काठमाडौं: चीनको बुहानबाट फैलिएको कोरोना भाइरस विश्वभर महामारीको रुपमा फैलिएपछि नेपालमा यसको असर परेको छ । कोरोना भाइरसका कारण यहि मार्च १४ देखि २८ सम्म हुने भनिएको एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिता पनि प्रभाबित बनेको छ ।
ईपीएलका लागि ६-७ महिना अघिदेखि तयारी गरेतापनि खेलाडी र दर्शकहरुको स्वास्थ्य सुरक्षाका कारण प्रतियोगिता तोकिएको समयमा गर्न नसकिने र अर्को सूचना नआएसम्मका लागि प्रतियोगिता स्थगित गरिएको आयोजक ईपीएल प्रालिका प्रमुख अमिर अख्तरले जानकारी दिएका छन् ।
वि.सं.२०७६ फागुन २२ बिहीवार १६:५४



















