YouTube Link

कैलाली घटनाका मुख्य अभियुक्त राजपा सांसद रेशम चौधरी सहित १२ जनालाई जिल्ला अदालतले सुनायो जन्मकैद

Facebook Link

कैलाली: २०७२ साल भदौ ७ गते कैलालीको टीकापुरमा प्रहरी वरिष्ठ उपरिक्षक लक्ष्मण न्यौपाने सहित ८ जना सुरक्षाकर्मी र एक नाबालकको हत्या भएको घटनाको बुधबार जिल्ला अदालतले फैसला गरेको छ । न्यायाधीस परसुराम भट्टराईको ईजलासले सांसद रेशम चौधरी सहितका ११ जनालाई घटनामा दोषी रहेको भन्दै जन्मकैदको फैसला सुनाएको छ ।

सो घटनामा नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षक द्वय बलराम बिष्ट र केशब बोहोरा, प्रहरी हवल्दार द्वय श्यामबहादुर खड्का,जनक नेगी र प्रहरी जवान लोकेन्द्रबहादुर चन्दको हत्या गरिएको थियो । सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार ललित साउँद र सशस्त्र हवल्दार राम विहारी थारूलाई पनि आन्दोलनकारीले नियन्त्रणमा लिइ धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए ।

आक्रमणकारीले सशस्त्र प्रहरीका सहायक हवल्दार नेत्रबहादुर साउँदका टीकापुर नगरपालिका वडा नं. ९ स्थित घरमै खेलिरहेका २ वर्षीय छोरा टेकेन्द्र साउँदको पेस्तोल प्रहार गरी हत्या गरिएको थियो । तर अहिले रिहा भएकाहरुले भने खुसी ब्यक्त गरेका छन । प्रतिबादीका तर्फबाट मुद्धा लडिरहेका अधिवक्ताहरु पनि अदालतले फैसला गरेपछि जन्मकैद सुनाइएकालाई पनि कानुनी बाटो खुलेको छ ।

थारु नेताहरुले भने जिल्ला अदालतको फैसला न्यायसंगत नभएको दावी गरेका छन । घटना पछि प्रहरीले २ जना नाबालक श्रवण चौधरी र करन चौधरी सहित २७ जना लाइ पक्राउ गरेको थियो । सरकार वादी रहेको मुद्धामा पक्राउ परेका सबै विरुद्ध कर्तब्य ज्यान,ज्यान मार्ने उद्योग र डाँकाचोरी गरी तीन थरिका मुद्धा दर्ता गरिएका थिए । ५८ जनाको नाममा मुद्दा दर्ता गरिए पनि ३१ जना भने फरार छन ।।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...