त्रिकोणात्मक सिरिज खेल्नका लागि ओमानी टोली नेपालमा
वि.सं.२०७६ माघ २० सोमवार २१:४१
1.3K
shares
काठमाडौं: विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको क्रिकोणात्मक सिरिज खेल्नका लागि ओमानको राष्ट्रिय क्रिकेट टोली आज नेपाल आईपुगेको छ । बुधबारबाट सुरु हुने त्रिकोणात्मक सिरिजका लागि घरेलु मैदानमै अभ्यास गरेर ओमानी टिम सोमबार नेपाल आइपुगेको हो ।
कीर्तिपुरस्थित टियू मैदानमा माघ २२ देखि २९ गतेसम्म चल्ने सिरिजमा ओमान, नेपाल र अमेरिका छन् । अमेरिकी टिम भने आइतबार नै नेपाल आइसकेको छ । सिरिजका लागि अमेरिकाले मुम्बइमा अभ्यास गरेको थियो । सन् २०२३ को एकदिवसीय विश्वकप छनोटका रुपमा रहेको विश्वकप क्रिकेट लिग-२ मा ओमान र अमेरिकाको यो तेस्रो सिरिज हो भने नेपालको पहिलो सिरिज हो । प्रत्येक टिमले आपसमा २-२ खेल खेल्ने छन् ।
लिग-२ मा अमेरिका र ओमानले समान ८ खेल खेलिसकेका छन् । अमेरिका लिग–२ को शीर्ष स्थानमा छ । उसले लिगका ८ मध्ये ६ खेलमा जित निकालेको छ । ८ खेलमा ४ खेल जितेको ओमान चौथो स्थानमा छ । ओमाने राजा सुल्तान काबुस बिन साइद अल साइदको निधन भएपछि लिग २ का दुई खेल भने खेलेन । सन् २०१८ मा एकदिवसीय मान्यता पाएको नेपालले पहिलो पटक घरेलु मैदानमा एकदिवसीय सिरिज खेल्न लागेको हो । यसअघि नेपालले युएई र नेदारल्यान्ड्सविरुद्ध उनीहरुकै मैदानमा एकदिवसीय सिरिज खेलेको थियो ।
यस्तो छ सिरिजको सेड्युल
माघ २२: नेपालविरुद्ध ओमान
माघ २२: ओमानविरुद्ध अमेरिका
माघ २५: नेपालविरुद्ध अमेरिका
माघ २६: नेपालविरुद्ध ओमान
माघ २८: अमेरिकाविरुद्ध ओमान
माघ २९: नेपालविरुद्ध अमेरिका
वि.सं.२०७६ माघ २० सोमवार २१:४१




















