YouTube Link

चीनले तयार गर्यो दश दिनमा एक हजार शय्याको अस्पताल, आजदेखि ‍औपचारिक रुपमा उपचार थाल्ने

World Cup 2026
Facebook Link

एजेन्सीः चीनले १० दिनमा कोरोना भाइरसका लागि छुट्टै अस्पताल तयार पारेको छ । चीनको वुहान शहरमा १० दिनमै अस्पताल तयार गरेको हो । अस्पताल तयार भइसकेकोले चीनले १४ सय मेडिकल स्टाफलाई उक्त अस्पतालमा पठाइसकेको छ । अस्पताल निर्माणमा चीनको सेनाले सहयोग गरेको थियो ।

१४ सय मध्ये ९ सय ५० जना साधारण तर्फका मेडिकल स्टाफ र चिनिया लिबरेसन आर्मीका ४ सय ५० जनालाई उक्त अस्पतालमा खटाइसकेको छ । गत जनवरी २३ बाट बनाउन शुरु गरिएको उक्त अस्पताल एक हजार बेड (शय्या) रहेको चिनिया सञ्चारमाध्यमले जनाएका छन् । १० दिनमा बनाएर उपचार शुरु गर्ने चीनको घोषणा अनुसार आजदेखि ‍औपचारिक रुपमा उपचार थाल्ने चीनको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

चीनले यस अघि सन् २००३ मा पनि बेइजिङमा यस्तै एक अस्पतालमा निर्माण गरेको थियो । चीनको ३१ राज्यमा फैलिएको कोरोना भाइरसका कारण अहिले सम्म चीनमा ३ सय ६१ जनाको ज्यान गएको छ भने १७ हजार २ सय ५ जना भाइरसका बिरामी रहेको जनाइएको छ । यसको असर चीन बाहिरका देशमा पनि फैलिएको छ । हिजो मात्रै फिलिपिन्समा उक्त भाइरसका कारण एक जनाको मृत्यु भएको छ । भाइरको संक्रमण नेपालसहित २२ देशमा संक्रमण फैलिएको छ ।

– योन्डोन तामाङ

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...