आणविक सम्झौताबारे युरोपेली राष्ट्रले गरेको निर्णयप्रति इरानको आपत्ति
वि.सं.२०७६ माघ १ बुधवार ०८:३८
1.9K
shares
एजेन्सीः इरानले सन् २०१५ मा भएको आणविक सम्झौता अन्तर्गत विवाद समाधान गर्ने संयन्त्र निर्माण गर्ने निर्णयको विरोध गरेको छ । ठूला राष्ट्रहरुले एकलौटी ढंगबाट घोषणा गरिएको संयन्त्र मान्य नहुने इरानले स्पष्ट पारेको छ ।
युरोपेली राष्ट्रहरुले सम्झौतामा उल्लेख भएअनुसार आफ्ना प्रतिवद्धता पूरा गर्न इरानमाथि दवाव दिएका छन् । इरानले युनियनको युनियनको निर्णयमा विश्वास गर्न नसक्ने प्रशस्त कानूनी आधारहरु रहेको र विवाद समाधान संयन्त्र कानूनी रुपमा निराधार र राजनीतिक दृष्टिकोणमा रणनीति त्रुटी रहेको बताएको छ । युरोपियन युनियनको यो कदमले परमाणु सम्झौताको अन्त्य र तेहरानमा थप प्रतिवन्ध लगाउने अवस्था आउन सक्ने विश्लेषकहरुको आशंका छ ।
अमेरिकी सेनाको कारणहीमा केही दिनअघि इरानी सेनाका उच्च अधिकारी कासेम सोलेमानीको मृत्यु भएसँगै इरानले आणविक सम्झौता भंग भएको बताएको छ । यसअघि सन् २०१८ मै अमेरिकाले उक्त सम्झौता एकतर्फी रुपमा भंग भएको बताएको थियो । सम्झौता विपरीत आणविक गतिविधि गरेको भन्दै अमेरिकाले सम्झौता भंग गरेर इरानमाथि प्रतिवन्धहरु लगाएको छ ।
वि.सं.२०७६ माघ १ बुधवार ०८:३८



















