YouTube Link

अष्ट्रेलियाको आगलागीबाट कम्तीमा २८ जनाको मृत्यु, दुई हजार घरहरु जलेर ध्वस्त

Facebook Link

एजेन्सीः अष्ट्रेलियाको जंगलमा गत सेप्टेम्बरदेखि आगलागी भइरहेको छ । अहिलेसम्म कम्तीमा २८ जनाको ज्यान गइसकेको छ । आगलागीबाट कम्तीमा दुई हजार घरहरु जलेर ध्वस्त भइसकेका छन् । स्थिति थप चिन्ताजनक हुने अनुमान गरिएको छ । तापक्रमले सबै रेकर्ड तोडिसकेको छ, सुख्खा जंगल र तीब्र हावाका कारण आगो थप भयावह भएको छ ।

यसै महिना सिड्नीको तापक्रम ४९ डिग्रीसम्म पुगेको थियो । सन् २०१७ देखि न्यू साउथ वेल्स र क्विन्सल्याण्डमा लगातार कम वर्षा भइरहेको छ । न्यू साउथ वेल्समा करिब एक करोड एकडको इलाका जलेर खरानी भएका छन् । गर्मी मौसममा अष्ट्रेलिया सामान्य रुपमा तातो र सुख्खा रहन्छ तर जलवायु परिवर्तनका कारण सुख्खा र गर्मीको दायरा बढ्दै गएको छ । अष्ट्रेलियाको हरेक राज्य आगोबाट प्रभावित भएको छ तर न्यू साउथ वेल्स सबैभन्दा धेरै प्रभावित भएको छ । अष्ट्रेलियाका ठूला शहर मेलबर्न र सिड्नी पनि आगीबाट बच्न सकेका छैनन् । डिसेम्बरको सुरुवातसँगै सिड्नीको हवाको गुणस्तर खतरनाक स्तरमा पुगेको थियो ।

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले डढेलो नियन्त्रणका लागि अपनाइएको तरिकाप्रति खेद व्यक्त गरेका छन् । स्कट मरिसनले आगो र जलवायु परिवर्तनको विषयमा उनको सरकारको धारणाका लागि आलोचनाको सामना गरिरहेका छन् । पछिल्ला केही हप्तामा न्यू साउथ वेल्स र भिक्टोरिया राज्यमा आगलागीबाट प्रभावित इलाकाको भ्रमणको क्रममा स्कट मरिसनले विरोधको सामना गर्नुपर्यो । आगलागीमाथि नियन्त्रणको कोसिसका लागि उनले अनुसन्धान गर्ने बताएका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...