YouTube Link

देशभरको मौसम बदली, मध्य र पुर्वी भागमा भोलिसम्म बर्षा र हिमपातको सम्भावना

World Cup 2026
Facebook Link

काठमाडौं: आज काठमाण्डौं उपत्यका लगायत देशभर चिसो बढेको छ । पश्चिमी न्युन चापिय प्रणालीको प्रभावले आज देशभरको मौसम सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू-भागका अधिकांश स्थानहरुमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना रहेको छ । काठमाण्डौंमा बिहानदेखि हल्का वर्षा भइरहेको छ । काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम ६ दशमलब १ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम १० देखि १२ डिग्री सेल्सियसबीच रहने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

गत मंगलबारबाट बदली भएको मौसममा सुधार नहुँदा जनजीवन कष्टकर बनेको छ । मध्य र पुर्वी भागमा भोलि पनि बर्षा र हिमपात हुने महाशाखाले जानकारी दिएको छ । मौसम पूर्वानुमान महाशाखाले यस वर्षको हिउँदो वर्षा लम्बिने जनाएको छ । छिटो हिउँदे वर्षा सुरू भएर पनि यस वर्षको हिउँदे वर्षा लम्बिने सम्भावना बढेको हो । नेपालमा अहिलेसहित तीनपटक हिउँदे वर्षा भइसकेको छ ।

हिउँदे वर्षा कायम रहेका बेला तापक्रममा ह्वात्तै गिरावट नआएपछि चिसो भने लामै समय रहेको अनुमान महाशाखाले गरेको छ । अझै पनि हिउँदे वर्षा गराउने न्यूनचापीय प्रणाली सक्रिय रहेकाले थप वर्षा हुने क्रम जारी रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...