YouTube Link

‘ए’ डिभिजन लिगको पाचौँ चरणको अन्तिम खेल आज

World Cup 2026
Facebook Link

काठमाडौं: सहिद स्मारक ‘ए’ डिभिजन लिगको पाचौँ चरणको अन्तिम खेल आज हुँदैछ । पहिलो खेलमा विभागीय क्लब एपीएफ र गत सिजनको उपविजेता संकटा क्लबबीच प्रतिष्पर्धा हुनेछ भने दोस्रो खेलमा आर्मीले तालिकाको पुछारमा रहेको सरस्वती क्लबसंग खेल्नेछ । खेल दशरथ रंगशालामा हुने छ ।

लिगमा दाबेदारीता प्रस्तुत गर्न एपीएफविरुद्ध संकटालाई जित्नै पर्ने दबाब छ । यस्तै, लिगको शीर्ष ६ भित्र अटाउने लक्ष्य बनाएको एपीएफलाई पनि जित्नै पर्ने दवाव छ । एपीएफ रेलिगेशन जोनकै नजिक रहेको छ । लिगमा ४ खेलबाट संकटा र एपीएफले जम्मा एक जित मात्रै दर्ता गराएका छन् । दुवै टिमको समान ४ अंक रहेको छ । लिग जित्ने लक्ष्य सहित होमिएको संकटा एक मात्रै जितले दबाबमा छ । उसले दुई खेलमा हार ब्यहोरेको छ भने एकमा बराबर गरेको छ । लिगमा एक मात्रै जित निकालेको संकटा ४ अंक सहित तालिकाको दशौं स्थानमा छ । यता, एपीएफ पनि संकटालाई पराजित गर्दै लिगमा लगातार दोस्रो जित निकाल्ने दाउमा छ ।

लिग जित्ने लक्ष्य बनाएको विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई तालिकाको शीर्ष स्थान उक्लने अवसर छ । आज सरस्वती युथ क्लबलाई पराजित गरेमा आर्मीले लिग तालिकामा स्पष्ट एक अंकको अग्रता प्राप्त गर्नेछ । लिगमा दाबेदारीता प्रस्तुत गरेपनि पाचौं चरणसम्म आईपुग्दा आर्मीले शीर्ष स्थानमा उक्लिन पाएको छैन । मनाङ मर्स्याङ्दी र मछिन्द्रले अन्तिम खेलमा २–२ को बराबरी खेलेपछि आर्मीले लिगमा नेतृत्व गर्ने अवसर पाएको छ । सरस्वती भने रेलिगेशन जोनबाट बच्ने दाउमा छ । लिगमा ४ खेल खेलेको उसले कुनै अंक जोड्न सकेको छैन । सरस्वती तालिकको पुछारमा छ । रेलिगेशनबाट बच्न सरस्वतीलाई जितको आवश्यक छ । आर्मी पनि सरस्वती युथलाई पराजित गर्दै लिगको शीर्ष स्थानमा पुग्ने दाउमा छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...