YouTube Link

न्यू ईरा बचत तथा ऋण सहकारी संस्थाको साधारणसभा सम्पन्न

Facebook Link

काठमाडौं: न्यू ईरा बचत तथा ऋण सहकारी संस्था लि.को १०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष महेन्द्रप्रसाद घोरासैनीको सभापतित्वमा र प्रदेश नं ३ का सामाजिक विकास मन्त्री युवराज दुलालको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको हो ।

साधारणसभाबाट आगामी कार्यकालका लागि संस्थाका अध्यक्ष घोरासैनीको अध्यक्षतामा नयाँ सञ्चालक समिति समेत गठन गरेको छ । नयाँ सञ्चालक समितिमा उपाध्यक्ष: बालानन्द न्यौपाने, सचिव: आशिष श्रेष्ठ, कोषाध्यक्ष: रोशन सापकोटा र सदस्य: रमेश कुमार गौतम, सरस्वती घोरासैनी, योगेन्द्र चौलागाई, विनु क्षेत्री र शुशिला जोशी (सेंढाई) चयन भएका छन् । त्यस्तै साधारणसभाले संस्थापक सदस्य राजन फुँयालको संयोजकत्वमा विष्णु कुमार घोरासैनी र यशोदा तिमल्सिनालाई लेखा समितिमा चयन गरेको छ ।

साधारणसभामा बोल्दै प्रमुख अतिथि मन्त्री युवाराज दुलालले सहकारीको नीति नियमको पालना गरी सहकारी सञ्चालनका लागि सहकारीले सदस्यहरुको उच्चतम् हितमा ध्यन दिनुपर्ने बताए । सभापति एवं संस्थाका अध्यक्ष घोरासैनीले सभामा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै सहकारीले सदस्यहरुको आर्थिक विकासमा सहयोग पुर्याउँदै मुलुकको समृद्धिमा एउटा ईंटा थप्ने प्रयास गरिरहेको बताए ।

सभाका अतिथि काठमाडौं जिल्ला सहकारी संघका सदस्य पुरुषोत्तम नेपालले सहकारीको भावी रणनीति र प्रगतिको लागि शुभकामना मन्तव्य दिएका थिए । संस्थाका सचिव बालानन्द न्यौपानेले सहकारीको तर्फबाट स्वागत मन्तव्य दिएका थिए । कोषाध्यक्ष रोशन सापकोटाले आ.व. ०७५।०७६ को आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने संस्थापक सदस्य योगेन्द्र चौलागाईले कार्यक्रम सञ्चालन गरेका थिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

वि.सं.२०८३ भदौ १७ बुधवार १४:३५

काठमाडौं: भदौ १० मा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकारले...

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

वि.सं.२०८३ भदौ १५ सोमवार १३:५४

काठमाडौं: रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण १२ जना...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:५८

काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक...

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...