म्यान्चेष्टर सिटीद्वारा लेस्टर सिटी पराजित
वि.सं.२०७६ पुस ६ आइतवार ०७:२८
1.1K
shares
एजेन्सी: ईङ्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर सिटीले लेस्टर सिटीलाई पराजित गरेको छ । शनिबार राती भएको खेलमा सिटीले लेस्टरलाई ३–१ गेल अन्तरले हराएको हो । सिटीको घरेलु मैदानमा अग्रता भने लेस्टरले जेमी भार्डीको गोलबाट २२ औं मिनेटमा लिएको थियो ।
लेस्टरको पुर्व स्टार रियाद महरेजले ३०औ मिनेटमा खेल बराबरीमा ल्याएका थिए । ईल्के गुन्डोगनले ४३ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै घरेलु टोली सिटीलाई अग्रता दिलाए । केभिन डी ब्रुइनीको पासमा ग्याब्रियल जिससले ६९ औं मिनेटमा गोल गर्दै सिटीको जित सुनिश्चित गरेका थिए । जारी सिजनमा ब्रुईनीले १३ गोलको अवसर सिर्जना गरेका छन् । उनैबाट प्रेरित सिटीले शीर्ष स्थानको लिभरपुलसंगको अंक दुरी १० मा झारेको छ ।
वि.सं.२०७६ पुस ६ आइतवार ०७:२८



















