सहिद स्मारक ए डिभिजन लिगमा आज एक खेल हुँदै
वि.सं.२०७६ पुस ६ आइतवार ०७:२५
2K
shares
काठमाडौं: सहिद स्मारक ए डिभिजन लिगमा आज एक खेल हुँदैछ । दशरथ रंगशालामा हुने खेलमा हिमालयन शेर्पा र विभागीय टिम शसस्त्र प्रहरी बल एपीएफबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
लिग तालिकामा हिमायन शेर्पाले पहिलो खेलबाट १ अंक रहेको छ । एपीएफले खाता खोल्न सकेको छैन । शेर्पाले विभागीय नेपाल पुलिस क्लबलाई बराबरीमा रोक्दै लिगमा सुरुवात गरेको थियो । स्टार र अनुभवी खेलाडी बिनानै बलियो पुलिसलाई रोक्दै शेर्पा क्लबले लिगमा महत्वपुर्ण एक अंक जोडेको थियो ।
पहिलो खेलमा विदेशी खेलाडी बिना मैदान उत्रिएको शेर्पाले लिगको दोस्रो खेलमा पनि विदेशी खेलाडी खेलाउन पाउने सम्भावना कम छ । पहिलो चरणमा स्पष्ट तीन अंक हासिल गर्न नसकेका दुबै क्लब दोस्रो चरणमा भने स्पष्ट तीन अंक चाहन्छन् । पहिलो खेलमै तीन अंक गुमाएको एपीएफले दोस्रो खेलमा तीन अंक हासिल गर्न चाहन्छन् ।
वि.सं.२०७६ पुस ६ आइतवार ०७:२५



















